२३ जेठ २०८३, शनिबार

कटुवा पेस्तोलसहित २ जना पक्राउ

जेठ १२, २०८३
सुनसरी
कटुवा पेस्तोलसहित २ जना पक्राउ

सुनसरीमा कटुवा पेस्तोलसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ​देवानगन्ज गाउँपालिका- २ का १७ वर्षीय किशोरसहित २ जना छन् । उनीहरूलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट कटुवा पेस्तोल १ थान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्