
तनाव र आक्रमणको बावजुद अमेरिका र इरानबीच वार्ता जारी छ ।
दुवै देशले मध्यस्थकर्ताहरूमार्फत सम्झौतामा पुग्ने प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्, तर यसमा कुनै ठूलो सम्झौताको संकेत भने नदेखिएको समाचारमा उल्लेख छ ।
तेहरानका मानिसहरू अमेरिका र इरानबीच समझदारी हुने आशामा छन् । यही कारणले गर्दा यस हप्ता इरानी मुद्राको मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ।
युद्ध, अमेरिकी दबाब र बन्दरगाहहरूको नाकाबन्दीले इरानको अर्थतन्त्रमा गम्भीर असर पारेको छ।