२२ असार २०८३, सोमबार

भारतमा रहेका नेपालीको विवरण वेबसाइटमा संकलन गर्न सांसद बोहोराको सुझाव

जेठ १३, २०८३
काठमाडौं
भारतमा रहेका नेपालीको विवरण वेबसाइटमा संकलन गर्न सांसद बोहोराको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सासद दीपक बोहोराले भारतमा रहेका नेपालीको विवरण वेबसाइटमा संकलन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद बोहोराले भारतमा कति नेपाली छन् भन्ने विवरण संकलनका लागि पनि दर्ता आवश्यक रहेको बताएका हुन् ।

‘सुदूरपश्चिमका धेरै मान्छे वैदशिक रोजगारीका लागि भारतमा छन्, ती मानिसको न श्रम स्वीकृति, न बीमा छ । दु:खको कुरा कति नेपाली भारतमा छन्, त्यसको तथ्यांक पनि सरकारसँग छैन’, सांसद बोहोराले भने, ‘भारतमा कुन ठाउँमा कति छन् भनेर एउटा वेबसाइटमा दर्ता गराउन सकिन्छ । सरकारको ध्यानाकर्षण गराउन चाहन्छु अबदेखि भारतमा रहेका नेपालीको नाम दर्ता गरियोस् ।’

साथै, सांसद बोहोराले डोटेली भाषामा बोलिएको कुरा संसद्‌मा दस्तावेज गर्ने व्यवस्थाका लागि सभामुखको ध्यानाकर्षण गराए ।

‘म कञ्चनपुर २ बाट निर्वाचित हुँ, मलाई डोटेली भाषामा बोल्न मन लागेको थियो, तर अस्ति मेरो साथी मनीष झाले मैथलीमा बोल्दा थाहा भयो, त्यो दस्तावेजीकरण हुँदोरहनेछ’, सांसद बोहोराले भने, ‘म सभामुखको ध्याानकर्षण गराउँछु, डोटेली भाषा पनि दस्तावेजीकरण गरियोस् । जनशक्ति कम हो भने आफैंले ट्रान्सलेट गरेर बुझाउने प्रतिबद्धता जनाउँछु ।’

salt training

कमेन्ट गर्नुहोस्