२६ जेठ २०८३, मंगलबार

निजी अस्पतालबाट बीमाअन्तर्गत आकस्मिकबाहेकका सेवा स्थगित

जेठ १३, २०८३
काठमाडौं
निजी अस्पतालबाट बीमाअन्तर्गत आकस्मिकबाहेकका सेवा स्थगित

स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय संकट देखाउँदै निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिँदै आएको स्वास्थ्य बीमाअन्तर्गतको आकस्मिकबाहेक अन्य सेवा स्थगन गर्ने निर्णय गरेको छ ।

बोर्डले बुधबार जारी गरेको परिपत्रअनुसार यही जेठ १६ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाअन्तर्गत आकस्मिक सेवाबाहेकका सबै सेवा रोक्ने निर्णय भएको जानकारी दिएको हो ।

स्वास्थ्य बीमा बोर्डको यही जेठ ११ गते बसेको बैठकको निर्णयअनुसार उक्त व्यवस्था लागू गर्न लागिएको परिपत्रमा उल्लेख छ ।

बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिद्वारा जारी परिपत्रमा स्वास्थ्य बीमा बोर्डमा वित्तीय संकट बढ्दो देखिएकाले यस्तो निर्णय गर्नुपरेको जनाइएको छ।

निर्णयसँगै स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी अस्पताल तथा स्वास्थ्य संस्थाबाट बीमाअन्तर्गत नियमित उपचार, परीक्षण तथा अन्य गैरआकस्मिक सेवा प्रभावित हुने भएका छन् । 

आकस्मिक सेवा भने यथावत सञ्चालन हुने बोर्डले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्