०३ असार २०८३, बुधबार

सुक्खा पहिरोले खच्चामा सडक खण्ड अवरुद्ध

जेठ १४, २०८३
हुम्ला
सुक्खा पहिरोले खच्चामा सडक खण्ड अवरुद्ध

कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगार्ड गाउँपालिका–१ को खच्चामा सडक अवरुद्ध भएको छ । बुधबार सडक माथिबाट आएको सुक्खा पहिरोको कारण सडक अवरुद्ध प्रहरीले जनाएको छ । 

दश मिटरमाथिबाट आएको सुक्खा पहिरोले सडक पुरेको तथा पुरेको माटो र ढुङ्गा पन्छाउने कार्य हुन नसकेको कारण सडकमा यातायात सञ्चालन हुन नसकेको हो । 

पहिरो पन्छाउन ठूला उपकरणको खोजीकार्य भइरहेको छ । उपकरण प्राप्त भएपछि सुक्खा पहिरो पन्छाएर सडक खोलिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए । 

सडक बन्द हुँदा यसबाट माथिल्लो हुम्लाका पाँच गाउँपालिका आउने यातायातका साधन खच्चामा रोकिएका छन् । 
यातायातका साधन पनि खच्चा र सर्केगार्डमा रोकिएका छन् । पटकपटक उक्त स्थानमा सुक्खा पहिरो खस्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्