
इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा कार्य गर्न २३०० नेपाली कामदार माग गरेको छ।
नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार वैदेशिक रोजगार विभागले बुधबार आवेदन आह्वान गरेको हो।
कुल संख्यामध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छनोट गरिने विभागले जनाएको छ। इच्छुक उम्मेदवारले वैदेशिक रोजगार विभागको अनलाइन पोर्टलमार्फत असार ७ गतेसम्म आवेदन दिन सक्नेछन्।
छनोट भएका कामदारले वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिको हेरचाहमा सहयोग गर्नुपर्नेछ। उनीहरूले मासिक न्यूनतम ५ हजार ८ सय ८१.५० इजरायली मुद्रा तलब पाउने जनाइएको छ।