
सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष अफर ‘अपग्रेड टु ग्यालेक्सी’ अभियान घोषणा गरेको छ ।
जसअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन् ।
अफरमार्फत ग्राहकले आकर्षक छुट, थप एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्ने सामसङले जनाएको छ । अभियान अन्तर्गत ग्राहकले ० प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको ईएमआई सुविधा पनि पाउनेछन् ।
ग्राहकहरूले आफ्नो पुरानो सेलेक्टेड डिभाइस ल्याएर त्यसको मूल्यसँगै अधिकतम ८ हजार रूपैयाँसम्मको अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् ।
सामसङले यसमा मोडलअनुसार छुट सुविधा पनि उपलब्ध गराएको छ । यसअनुसार एस२६ अल्ट्रामा १० हजार निश्चित छुट र ८ हजार एक्सचेन्ज बोनस दिएको छ ।
त्यसैगरी, एस२६ प्लसमा २३ हजार र ८ हजार, एस २६ मा १० हजार र ८ हजार, ए५७ मा ५/५ हजार, ए३७ मा ५/५ हजार निश्चित छुट र एक्सचेन्ज बोनस दिइएको कम्पनीले जनाएको छ ।
विशेष अफरसँगै एनसेलको बोनस डेटा सुविधा पनि उपलब्ध हुनेछ । जसअनुसार एस२६ सिरिजमा ३९९ रूपैयाँ न्यूनतम एनसेल प्याक खरिद, हरेक पल्ट रिचार्जमा १५ जीबी बोनस डेटा र १२ पटक रिचार्जका लागि १८० जीबी कूल डेटा पाइनेछ । ए५७/ए३७/ए१७ र एम१७ मा क्रमश: २९९ रुपैयाँ, १० जीबी र १२० जीबी डेटा सुविधा पाइने कम्पनीले जनाएको छ ।
यो अफर सीमित अवधिका लागि (मे २७ देखि जुन ३० सम्म) देशभरिका अधिकृत सामसङ रिटेल स्टोर तथा पार्टनर आउटलेटहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
ग्राहकहरूलाई ईएमआई योजना, एक्सचेन्ज शर्त तथा अन्य जानकारीका लागि नजिकैको सामसङ स्टोरमा सम्पर्क गर्न अनुरोध गर्दै कम्पनीले नियम तथा शर्तहरू लागू हुने उल्लेख गरिएको छ ।