२९ जेठ २०८३, शुक्रबार

एमाले महासचिवको प्रश्न : विद्युतमा भ्याट कसको हितमा ?

जेठ १६, २०८३
काठमाडौं
एमाले महासचिवको प्रश्न : विद्युतमा भ्याट कसको हितमा ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले उर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारेमा सरकारको उल्टो बाटोमा हिँडेको आरोप लगाएका छन् ।  

उनले फेसवुकमा उर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारेमा सरकारको उल्टो बाटोमा हिँडेको भन्दै आपत्ति जनाएका छन् । 

´पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले अब ५० युनिट माथिको विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि समेत भ्याट लगाउने निर्णय गरेको छ,` उनले लेखेका छन्,´आखिर यस्तो अविवेकी निर्णय कसको हितमा ?` 

नेपाल जलस्रोतमा विश्वकै धनी राष्ट्रमध्ये एक भएको उल्लेख गर्दै उनले  स्वदेशी ऊर्जा उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नुपर्ने बेला विद्युत् प्रयोगकर्तामाथि थप करको भार थोपर्नु नेपाली जनतालाई आफ्नै प्राकृतिक स्रोतको उपयोगबाट निरुत्साहित गर्ने कदम भएको उल्लेख गरेका छन् । 

पेट्रोलियम प्रोडक्टको अभाव र मुल्यवृद्धि भएको समयमा ग्रिन इनर्जीलाई प्रवर्धन गर्नुपर्नेमा विद्युतिय गाडीको प्रयोगलाई समेत दुरुत्साहन गर्नेगरी करको भार थोपर्ने काम समेत बजेट मार्फत गरिएको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्