
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक जानकारी गराएको छ।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नबिनको निमन्त्रणामा सभापति लामिछाने नेतृत्वको टोली भोलि (जुन १ देखि ५ सम्म) भारत भ्रमणमा निस्कन लागेको रास्वपाले जानकारी गराएको हो ।
रास्वपा प्रवक्ता मनिष झाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, ५ दिने भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा भाजपाको शीर्ष नेतृत्वसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
राजनीतिक भेटघाटबाहेक उनले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग समेत अन्तरक्रिया गर्नेछन्। भ्रमणकै क्रममा उनले अयोध्याको व्यक्तिगत भ्रमण समेत गर्ने रास्वपाले जनाएको छ।
भ्रमण टोलीमा सभापति लामिछानेका साथै प्रतिनिधि सभा सदस्य एवं पार्टीका सह-महामन्त्री बिपिन कुमार आचार्य, सांसद दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी हुनेछन्।