२८ जेठ २०८३, बिहीबार

वर्षा रोकिएसँगै चर्किन थाल्यो घाम, उकालो लाग्दै तापक्रम

जेठ १९, २०८३
काठमाडौं
वर्षा रोकिएसँगै चर्किन थाल्यो घाम, उकालो लाग्दै तापक्रम

पानी पर्नेक्रम घटेसँगै फेरि गर्मी बढ्न थालेको छ । वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्न थालेको हो ।  

यसअघि विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँ-ठाउँमा पानी परेको थियो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि नचढे पनि अब फेरि तापक्रम विस्तारै उकालो लाग्ने भएको हो । आजबाटै वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने विभागले जनाएको छ । 

मंगलबार मधेस तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए । 

देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने छ । तराई भू–भागमा आंशिक बादल लाग्नेछ । 

देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । 

बुधबार देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्