३० जेठ २०८३, शनिबार

नेपाली बजारमा प्योर डर्माको प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

जेठ २०, २०८३
काठमाडौं
नेपाली बजारमा प्योर डर्माको प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

युरोपेली स्किनकेयर तथा पर्सनल केयर ब्रान्ड प्योर डर्मा (Pure Derma) नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ। सोमबार ललितपुरस्थित रोयल टुलिपमा आयोजित पत्रकार सम्मेलनमार्फत कम्पनीले आफ्ना १५ वटा उत्पादन एकसाथ सार्वजनिक (लन्च) गरेको हो।

कार्यक्रममा प्योर डर्मा नेपालका सीईओ प्रकाश पाठकले कम्पनीको नेपाली बजारमा औपचारिक आगमनबारे जानकारी दिँदै नेपाललाई सम्भावनायुक्त बजारका रूपमा छनोट गरिएको बताए। उनले नेपाली उपभोक्तामाझ गुणस्तरीय र वैज्ञानिक रूपमा परीक्षण गरिएका स्किनकेयर उत्पादनको बढ्दो मागलाई ध्यानमा राख्दै प्योर डर्मा नेपालमा ल्याइएको उल्लेख गरे।

पत्रकार सम्मेलनमा कम्पनीले आफ्ना विभिन्न स्किनकेयर तथा पर्सनल केयर उत्पादनहरू सार्वजनिक गरेको थियो। सार्वजनिक गरिएका उत्पादनहरूमध्ये Clariderma Acne Face Wash, Derma Botox Cream, HAFO Hand & Foot Cream, NUS Kids Cream SPF 25+, Nutique Collagen Night Wrapping Mask तथा Pure Baby Cream लगायत रहेका छन्। कम्पनीका अनुसार यी उत्पादनहरू विभिन्न उमेर समूह तथा छालाका फरक–फरक आवश्यकतालाई लक्षित गरी तयार गरिएको हो।

null

सीईओ पाठकले प्योर डर्माका उत्पादनहरू बजारमा उपलब्ध अन्य ब्रान्डभन्दा गुणस्तर, वैज्ञानिक परीक्षण, प्रभावकारिता तथा अन्तर्राष्ट्रिय मापदण्डका कारण फरक रहेको दाबी गरे। उनले कम्पनीका उत्पादनहरू नेपाली उपभोक्ताको आवश्यकता र विश्वासलाई केन्द्रमा राखेर बजारमा ल्याइएको बताए।

साथै उनले उत्पादनहरू नेपालका विभिन्न आधिकारिक बिक्री केन्द्र तथा वितरण सञ्जालमार्फत उपलब्ध हुने जानकारी दिँदै निकट भविष्यमा देशव्यापी पहुँच विस्तार गर्ने योजना रहेको बताए।

salt training

कमेन्ट गर्नुहोस्