२९ जेठ २०८३, शुक्रबार

ओलीकै उपस्थितिमा च्यासलमा बस्यो पुनर्गठन सुझाव कार्यदलको बैठक

जेठ २६, २०८३
काठमाडौं
ओलीकै उपस्थितिमा च्यासलमा बस्यो पुनर्गठन सुझाव कार्यदलको बैठक

नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा बनाएको पार्टी पुनर्गठनका लागि सुझाव दिन गठित कार्यदलले काम शुरू गरेको छ ।

कार्यदलको पहिलो बैठक मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको हो । पहिलो बैठकमा अध्यक्ष केपी शर्मा ओली समेत उपस्थित भएका थिए ।

अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने आवाज उठेपछि जेठ १० गते बसेको सचिवालय बैठकबाट थापाको संयोजकत्वमा सुझाव कार्यदल गठन भएको थियो । कार्यदललाई १ महिनाको समयसीमा दिइएको छ ।

कार्यदलले काम शुरू नगर्दै अध्यक्ष ओलीले गत जेठ २० गते पार्टीको झोला फ्याँकेर जिम्मेवारीबाट अलग नहुने बताएका थिए । बहुसंख्यक सदस्यहरू नेतृत्व परिवर्तनको पक्षमा उभिएपछि सचिवालयमा ओली अल्पमतमा परेका छन् ।

कमेन्ट गर्नुहोस्