३० जेठ २०८३, शनिबार

स्रोत नखुलेको साढे ८ लाख रकमसहित एक जना पक्राउ

जेठ २९, २०८३
काठमाडौं
स्रोत नखुलेको साढे ८ लाख रकमसहित एक जना पक्राउ

स्रोत नखुलेको आठ लाख ६१ हजार ५०० रकम सहित नयाँ सडक (न्युरोड)बाट एक जना पक्राउ परेका छन्  ।  

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार  सिन्धुपाल्चोकका सविन तिमल्सिनालाई पक्राउ गरिएको हो ।  

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट हुन्डीसम्बन्धी कसुरमा चार दिनको म्याद लिई अनुसन्धान  भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्