विश्वकप फुटबल अन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियाविरुद्ध १–० अग्रता बनाएको छ । अर्जेन्टिनाका लागि लियोनेल मेस्सीले १७औँ मिनेटमा गोल गरेका हुन् ।
छैटौं विश्वकप र २७औं खेल खेलिरहेको अर्जेन्टिनी कप्तान मेस्सीले विश्वकपमा यससँगै गोल संख्या १४ पुर्याएका छन् ।