
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह चितवन पुगेका छन् ।
पार्टीका वरिष्ठ नेता समेत रहेका बालेन महाधिवेशन उद्घाटनका लागि चितवन पुगेका हुन् ।
महाधिवेशन दिउँसो १ बजे चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा उद्घाटन गर्ने कार्यक्रम छ ।

पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनले संयुक्तरूपमा उद्घाटन गर्नेछन् ।
प्रधानमन्त्री बालेन पत्नी सविना काफ्ले र छोरीसहित बिहान साढे ११ बजे नै चितवन पुगेका छन् ।