१४ असार २०८३, आइतबार

सुनचाँदीकै मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

असार १०, २०८३
काठमाडौं
सुनचाँदीकै मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला तीन हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी १०५ ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० र चाँदीको मोल चार हजार ४८५ निर्धारण भएको छ ।

हिजो मङ्गलबार एक तोला सुन दुई लाख ८७ हजार १०० र एक तोला चाँदी चार हजार ५९० मा खरिदबिक्री भएको थियो ।
 
त्यसैगरी, गत सोमबार एक तोला सुन दुई लाख ८८ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७३० मा किनबेच भएको थियो ।
 
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ६४ र चाँदी ६१ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्