१८ असार २०८३, बिहीबार

कोशी प्रदेशसभाको बैठक अवरोध गर्ने तयारीमा सत्तापक्षकै सांसद

असार १८, २०८३
विराटनगर
कोशी प्रदेशसभाको बैठक अवरोध गर्ने तयारीमा सत्तापक्षकै सांसद
फाइल फोटो

कोशी प्रदेशसभाको आजको बैठकमा सत्तापक्षकै सांसदहरूले अवरोध गर्ने भएका छन् । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

बैठक शुरू हुनसाथ उठेर विरोध गर्ने अर्थ समितिका सभापति विनोद वान्तवाले बताए ।

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेट संशोधन गर्ने वा जस्ताको तस्तै पारित गर्ने विषयमा सत्तापक्षमा विवाद जारी छ । जुन विवादका कारण प्रदेशसभाको बैठक लगातार स्थगित हुँदै आएको थियो ।

असार ११ गतेको बैठक स्थगित भएर असार १६ गतेका लागि तोकिएको थियो भने १६ गते पनि सहमति जुट्न नसकेपछि बैठक पुनः असार १८ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

'आजको बैठकमा हामी उठेर विरोध गर्छौं,' वान्तवाले भने, 'त्यसपछि अर्थसमिति र पूर्वाधार विकास समितिका सभापति होमथापाले बोल्नुहुन्छ । बैठक चलिरहे नाराबाजी समेत गर्ने,' उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्