२५ असार २०८३, बिहीबार

फिफाद्वारा अमेरिकी स्ट्राइकर बालोगनको प्रतिबन्ध स्थगित

असार २१, २०८३
काठमाडौं
फिफाद्वारा अमेरिकी स्ट्राइकर बालोगनको प्रतिबन्ध स्थगित

अमेरिकी स्ट्राइकर फोलारिन बालोगन बेल्जियम विरुद्धको विश्वकप अन्तिम १६ को खेलमा मैदान उत्रन पाउने भएका छन्। फिफाले बालोगनलाई लागेको एक खेलको प्रतिबन्ध स्थगित गरेपछि उनी खेल्न योग्य भएका हुन्।

२५ वर्षीय बालोगनले बोस्निया-हर्जगोभिना विरुद्धको खेलमा रातो कार्ड पाएका थिए । बोस्नियाका डिफेन्डर तारिक मुहारेमोभिचमाथि खराब फल गरेपछि उनलाई सिधै रातो कार्ड देखाइएको थियो। उक्त खेल अमेरिकाले २-० ले जितेको थियो।

फिफाले बालोगनको प्रतिबन्धलाई एक वर्षका लागि 'परीक्षण काल' मा राख्दै तत्कालका लागि स्थगित गरेको छ। फिफाको अनुशासन संहिताको धारा २७ अनुसार यो निर्णय गरिएको हो। फिफाले जारी गरेको विज्ञप्ति अनुसार बालोगनले यो एक वर्षको अवधिमा फेरि उस्तै प्रकृतिको गम्भीर गल्ती गरेमा अहिलेको प्रतिबन्ध लागू हुनेछ र उनले सजाय भोग्नुपर्नेछ।

बेल्जियम विरुद्धको महत्वपूर्ण खेलअघि बालोगन टोलीमा फर्किनु अमेरिकाका लागि ठूलो राहतको विषय बनेको बीबीसीले समाचारमा उल्लेख गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्