
माघे संक्रान्ति आउन केही दिन मात्र बाँकी छ । माघे संक्रान्ति विशेषत चाकू र यससँग सम्बन्धित परिकारको विशेष पर्व पनि हो ।
तिलको लड्डु पनि यस समयमा खाइने परिकार मध्ये एक हो ।
तिलको लड्डु खाँदा स्वास्थ्य राम्रो हुन्छ । धेरै जसो मासिन सेतो तिलको लड्डु खान मनपराउँछन् । तर कालो तिलको लड्डुले निकै फाइदा पुर्याउँछ ।
यस्तो लड्डु कसरी बनाउने त ?
आवश्यक सामाग्री (२ -४ जना)
२५० ग्राम कालो तिल
२५० ग्राम सखर
एक कप पानी
भाडा १
विधि
सवैभन्दा पहिला मन्द आगोमा कराइ बसाल्नुस्
जब भाडो ताँत्छ तब यसमा तिल हालेर लगातार चलाउनुस्
तिल भुट्न करिब १० मिनेट जति लाग्छ जसको गन्धबाट तपाइले थाहा पाउनु हुन्छ
जब तिल भुटिइसक्नु हुन्छ तब एक थालमा फिजाउँनुस्
अब कराइमा एक कप पानी र सखर मिसाएर पकाउनुस्
जब सख्खर पानीमा राम्रो सँग घोलिइन्छ तब छानेर एउटा भाडोमा राख्नुस्
छानेको उत्त सख्खर भएको पानीलाइृ फेरि पकाउनुस
लड्डु बनाउनका लागि त्यस सख्खर वाला पानीलाई राम्ररी उमाल्नुस्
राम्ररी सख्खर पानी बन्यो कि बनेन भन्नका लागि एक थोपा सख्खरलाई एक कचौरा पानीमा हाल्नुस् यदी पानीमा राख्नासाथ सख्खर डल्लो परो भने सख्खर लड्डु बनाउनका लागि तयार भयो ।
तर त्यो चास्नी ( पकाएको सख्खर पानी ) कालो भने नबनाउनुस्
अब चास्नीलाई तिलमा राख्नुहोस र घोल्नुहोस्
चास्नी हालिसकेपछि हातमा थोरै पनी लगाएर चास्नी र तिललाई राम्ररी मिलाउनुहोस्
यसलाई मिसाएर लड्डु बनाउने प्रयास गर्नुस्, यदी लड्डु वन्यो भन्ने फटाफट लड्डु बनाउनुस् यदी बनेन भने फेरि अलिकति चास्नी मिसाउनुस् ।
यसरी बनेको लड्डुलाई केही सेलाएपछि आन्दलले परिवारका साथ खानुहोस्