
अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन् ।
उखु किसानलाई करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता भुक्तानी नगरी आपराधिक लाभ (क्रिमिनल बेनिफिट) लिएको आरोपमा दर्ता भएको मुद्दामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ बस्ने शैलेन्द्र गुप्ता र सर्लाहीको हरिपुर नगरपालिका–१ घर भई हाल पश्चिम नवलपरासी बस्ने विनोद साह कलवार रहेका छन् ।
उखु किसानलाई लामो समयदेखि करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ लिएको आरोपमा दर्ता भएको मुद्दामा फरार रहेका दुवै जना पक्राउ परेका हुन्।
उनीहरूविरुद्ध आपराधिक लाभ (क्रिमिनल बेनिफिट)सम्बन्धी कसुरमा अनुसन्धान तथा आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।