१२ साउन २०८३, मंगलबार

अवैध काठ र ढुंगा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा

साउन १२, २०८३
काठमाडौं
अवैध काठ र ढुंगा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा

कञ्चनपुर प्रहरीले अवैध काठ र ढुङ्गा  ओसार्ने ट्याक्टर नियन्त्रणमा लिएको छ ।
 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज दिउँसो दोधारा– चाँदनी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकैबाट १८ क्युफिट पाँच गोलिया काठ बरामद गरिएको हो । 
 
त्यसैगरी, प्रहरीले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा अवैध रूपमा ढुङ्गा ओसारपसार गर्ने एउटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए । 

उनका अनुसार कृष्णपुर नगरपालिका–१ स्थित ओदाली खोलाबाट अवैध रुपमा ढुङ्गा निकाली ल्याउँदै गरेको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।
 
ट्याक्टर चालक कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका पुष्कर चौधरी र प्रकाश चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि शुक्लाफाँटा नगरपालिका कार्यालय बुझाइएको कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्