११ साउन २०८३, सोमबार

यसरी बनाउनुस् स्वादिलो गाजरको खीर

यसरी बनाउनुस् स्वादिलो गाजरको खीर

काठमाडौं, १ माघ — जाडोमा बच्चा र ठूलाहरूलाई गाजरको खीर खान खुबै आनन्द आउँछ । तात्तातो खीर खाँदा आनन्द नआउने कुरै हुँदैन । खीर स्वादिलो र स्वास्थ्यकर हुन्छ । यसलाई बनाउन सजिलो पनि छ । 

सामग्री
गाजर २०० ग्राम
दूध एक लिटर
काजु तीनवटा
बदाम तीनवटा
किसमिस तीनवटा
पिस्ता तीनवटा
चिनी ७० ग्राम
अलैंचीको धूलो एक चिम्टी

विधि
गाजरलाई पहिला मज्जाले कोर्नुस् ।

फेरि एउटा प्यानमा एक लिटर दूध मधुरो आगोमा उमाल्नुस् ।

दूध मज्जाले उमालेपछि गाजर हाल्नुस् र तीन मिनेटका लागि मज्जाले पकाउनुस् । 

त्यसमा काजु, बदाम, किसमिस र पिस्ता हाल्नुस् । 

अब त्यसमा चिनी र अलैंचीको धूलो हालेर फ्लेभर मिक्स गर्नुस् । 

गाजरको खीर तयार भयो । यसलाई तात्तातो पस्किनुस् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्