२७ असार २०८३, शनिबार

भक्तहरूलाई आकाशमा उड्न लगाउँथे यी बाबा

भक्तहरूलाई आकाशमा उड्न लगाउँथे यी बाबा

 पश्चिममा हिप्पी संस्कृति चहिरहँदा संसारभरि लाखौं मानिस महर्षि महेश योगीका भक्त बनिरहेका थिए । 

महर्षि महेश योगीले योग र ध्यानलाई संसारका विभिन्न देशमा पु–याएका थिए । 

आजैको दिन अर्थात् ५ फेब्रुअरी २००८ मा महर्षिको नेदरल्यान्ड्सस्थित घरमा ९१ वर्षको उमेरमा निधन भएको थियो । 

उनले ट्रान्सेन्डेन्टल मेडिटेसन (अनुभवातीत ध्यान) मार्फत संसारभरि लाखौं अनुयायी बनाएका थिए । 

साठीको दशकमा प्रसिद्ध रक ब्यान्ड बीटल्सका सदस्यहरूका साथै अन्य ठूला हस्तीहरूका आध्यात्मिक गुरुका रूपमा उनी प्रसिद्ध भएका थिए । 

महर्षि महेश योगीको वास्तविक नाम महेश प्रसाद वर्मा थियो । 

उनको जन्म १२ जनवरी १९१८ मा भारतको छत्तीसगढमा भएको थियो । उनले इलाहाबादबाट दर्शनशास्त्रमा स्नातकोत्तर उपाधि लिएका थिए । 

सन् १९४० र ५० को दशकमा उनले हिमालयमा आफ्ना गुरुबाट ध्यान र योगको शिक्षा लिएका थिए । 

महर्षिले ध्यान र योगमार्फत स्वास्थ्य र आध्यात्मिक ज्ञान प्राप्त हुने बताएपछि संसारका प्रसिद्ध मानिस उनका अनुयायी भएका थिए । 

बीटल्स ब्यान्डका सदस्यहरू महर्षिले ऋषिकेशमा बनेको अत्याधुनिक आश्रममा हेलिकप्टरमा पुगेका थिए । 

तर बीटल्स ब्यान्डले महर्षिसँग छिट्टै मोहभंग गरे । 

प्रसिद्धिको शिखरमा हुँदा उनलाई केही मानिसले सन्त किन भनाएको भनी सोधे । उनको जवाफ थियो, ‘म मानिसहरूलाई ट्रान्सेन्डेन्टल मेडिटेसन सिकाउँछु । यसले मानिसलाई जीवनभित्र पसेर हेर्ने अवसर दिन्छ । यसले
मानिसलाई शान्ति र आनन्द दिन्छ । पहिले पनि सन्तहरूले यस्तै सन्देश दिन्थे त्यसैले मानिसहरू मलाई पनि सन्त भन्छन् ।’

महर्षि योगीमाथि अनेकौं वृत्तचित्र बनाएका बीबीसीका यावर अब्बासले एकचोटि ऋषिकेशस्थित उनको आश्रममा उनीसँग कुराकानी गरेका थिए । 

अब्बासले सोधे, ‘किन तपाईं र तपाईंको ध्यान योग पश्चिमी देशमा लोकप्रिय छ तर भारतमा त्यसलाई धेरैले मान्दैनन् ?’

महर्षिको उत्तर थियो, ‘पश्चिमी देशमा मानिसहरू कुनै कुरामा वैज्ञानिक कारण भेटे भने तुरुन्तै अपनाउँछन् अनि मेरो ट्रान्सेन्डेन्टल मेडिटेसन योगको सिद्धान्तमा कायम रहँदै पूर्ण रूपमा वैज्ञानिक छ ।’

नेदरल्यान्डमा रहेको महर्षिको विशाल घर पर्यटकहरूका लागि आकर्षणको केन्द्र हो । 

महर्षिले आफ्ना भक्तहरूलाई उड्न सिकाएको दाबी गरेपछि चर्चामा आएका थिए । 

यो महर्षिको ट्रान्सेन्डेन्टल मेडिटेसनकै अंग थियो । त्यसमा उनका भक्तहरू फुर्र उड्ने प्रयास गर्थे । 

महर्षिले उनको फ्लाइङ योगा सिद्धान्त पूरै शोधपछि विकसित गरिएको बताएका थिए । 

सन् २००८ मा उनको संस्थासँग जोडिएको एक प्रतिवृदनअनुसार महर्षिले १५० देशमा ५०० विद्यालय, संसारमा चार महर्षि विश्वविद्यालय र चार देशमा वैदिक शिक्षण संस्थान खोलेका थिए । 

महर्षि महेश योगीको संगठन नाफारहित भएपनि सन् २००८ को प्रतिवेदनमा संगठनसँग दुई अर्ब पाउन्डबराबरको सम्पत्ति रहेको बताइएको थियो । 

सन् २००८ मा महर्षिले आफ्नो काम पूरा भएको अनि गुरुप्रतिको कर्तव्य निर्वाह भएको बताउँदै रिटायरमेन्ट घोषणा गरेका थिए । 

बीबीसी हिन्दीबाट
 

salt training

कमेन्ट गर्नुहोस्