१९ असार २०८३, शुक्रबार

कुञ्ज थिएटरको उद्घाटन ‘म्याड म्यान्स डायरी’ बाट

कुञ्ज थिएटरको उद्घाटन ‘म्याड म्यान्स डायरी’ बाट

काठमाडौं, ७ फागुन — घोष्ट राईटिङ नेपाल र कुञ्ज थिएटरको सहकार्यमा उन्नाईसौं शताब्दीका विश्वप्रसिद्ध चिनियाँ लेखक लु सुनको ‘म्याड म्यान्स डायरी’ कथामा आधारित नाटक मंगलवारबाट कुञ्ज थिएटरमा मञ्चन हुँदैछ । 

कुञ्ज थिएटरले यही नाटकबाट आफ्नो नाटकघरको उद्घाटन गर्दैछ । नाटक नियमित रूपमा ९ दिन ( फागुन १७ गतेसम्म) मञ्चन हुनेछ । 

चे शंकरको निर्देशनमा सुदाम सिकेले नाटकमा अभिनय गर्दैछन् । उन्नाईसौं शताब्दीको समयमा जनतामा सामाजिक र राजनीतिक चेतना विकास गर्न सफल कथा अहिले हाम्रो लागि पनि उत्तिकै सान्दर्भिक रहेको शंकरको भनाइ छ । 

‘हामी सर्वसाधारण मानिसहरू राज्य, कानून तथा संस्कृतिबाट कसरी प्रताडित भएका छौं ? जनता कसरी व्यवस्था, कानून र राज्य चलाउने मान्छेबाट दमित छन् ? नाटकमा यी प्रश्नलाई प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ,’ शंकर भन्छन् । 

अहिलेको समयमा मानिसमा मानवता हराउँदै गएको, व्यक्तिवादी सोच हाबी भएको र समाजले बेग्लै रंग लिइरहेको बेला यो नाटक देखाइनुले धेरै अर्थ राख्ने उनी दाबी गर्छन् । 

चे शंकरले यसअघि इल्युजन, कोही किन बर्बाद होस्, एनिग्मा, लूक ब्याक इन एङ्गर र एकलव्यको अन्तिम टेक लगायतका नाटक निर्देशन गरिसकेका छन् । 

नाटक हरेक दिन ठीक ५ बजे मञ्चन हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्