
काठमाडौं, १६ फागुन- नवलपरासीको शाश्वतधाममा ‘शाश्वत काव्य महोत्सव’ सम्पन्न भएको छ । गत आईतबार सम्पन्न महोत्सवमा देशका विभिन्न जिल्लाबाट उपस्थित चर्चित ३९ जना कविहरूले कविता पाठ गरेका थिए ।
महोत्सवमा कविहरू राजेन्द्र शलभ, अमृता नेपाल, प्रोल्लास सिन्धुलीय, राधेश्याम लेकाली, सुमन स्मारिका, निमेष निखिल, चैतन्य अधिकारी, नरेन्द्रबहादुर श्रेष्ठ, गोविन्द विनोदी, उमा सुवेदी, सुदेश सत्याल, भुपेन्द्र शर्मा भट्टराई, असिम सागर, वसन्त गौतम, उषा शेरचन, विजय बजिमयका कविताहरूले वातावरण शुरुमा गुञ्जायमान भएको थियो । यसैगरी कविहरु ईश्वर कँडेल, गीता कार्की, प्रज्जवल अधिकारी, किशोर पहाडी, लीला अनमोल, धनराज गिरि, गीता मैनाली, भूपिन, विवेक ओझा, जीवन युगिन, मोमिला, फूलमान बल, लीला राणा, विमल वैद्य लगायतले पनि कविता पाठ गरेका थिए ।
महोत्सवमा अनि राधिका गुरागाईं, लेखाराम सापकोटा, अशेष मल्ल, बाबा बस्नेत, बाबु त्रिपाठी, ज्योति जङ्गल, विश्वविमोहन श्रेष्ठ, एलबी क्षेत्रीले कविता सुनाएका थिए ।
महोत्सवका अभिभावक तुलसी दिवसका कविताले महोत्सव सम्पन्न भएको थियो । मञ्चमा कुनै कुर्सी नराखेर आयोजना गरिएको उक्त महोत्सवलाई बुलन्द आवाज भएका कवि राजेन्द्र शलभले उद्घोषण गरेका थिए ।