×

NMB BANK
NIC ASIA

बर्सेनि थपिन्छन् मिर्गौलाका ३ हजार बिरामी, यस्तै अवस्था रहे नि:शुल्क डायलासिस गर्न मुस्किल !

फागुन २२, २०७४

NTC
Premier Steels

काठमाडौं, २२ फागुन- सरकारले मिर्गौलामा समस्या भएका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा प्रदान गरेसँगै बिरामीको चाप बढ्दै गएको छ ।

Muktinath Bank

राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिकुमार काफ्लेले बिरामीको चाप बढ्दै गएकाले डायलाइसिस सेवाले धान्नै नसकेको बताएका छन् । विश्व मिर्गौला दिवसको पूर्वसन्ध्यामा केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. काफ्लेले सरकारले मिर्गौलाका बिरामीलाई प्रदान गरेको सेवाले बिरामीले राहत महसुस गरे पनि डायलाइसिस गराउने बिरामी बढ्दै गए देशले धान्न नसक्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सरकारले मिर्गौलाका बिरामीको डायलासिस तथा प्रत्यारोपण सेवा निशुल्क गरेपछि सेवा लिने बिरामी अत्याधिक बढेका छन्, डायलासिस गराउने बिरामी बढ्दै गए भने हाम्रो देशको आर्थिक अवस्थाले धान्न सक्दैन,’ डा. काफ्लेले भने ।


Advertisment
Nabil box
Kumari

अब मिर्गौलामा समस्या नै आउन नदिने खालका कार्यक्रम गर्न जरुरी रहेको उनको भनाइ छ ।

Vianet communication

मानिसमा मिर्गौलाको समस्या आउनै नदिन केन्द्रले आजबाट ‘मिर्गौला बचाऔं’ अभियान समते शुरु गरेको छ । अभियानमा सहभागी हुने व्यक्तिबाट वर्षमा ५ सय रुपैयाँ संकलन गरेर विभिन्न ठाउँमा मिर्गौला परीक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने डा. काफ्लेले बताए ।

मिर्गौला प्रत्यारोपणपछिको औषधि खर्च महङ्गो हुँदा धेरै बिरामी डायलाइसिस मात्रै गरेर बस्ने गरेको भन्दै सरकारले मिर्गौला प्रत्यारोपण गर्ने बिरामीको औषधि खर्चमा सहुलीयत दिनुपर्ने उनको भनाइ छ ।

‘सरकारले मिर्गौलापीडितलाई मासिक ५ हजार जीविकोपार्जन भत्ताभन्दा पनि प्रत्यारोपणमा गएका बिरामीलाई निःशुल्क औषधिको व्यवस्था गरिदिँदा उपयुक्त हुन्छ, सरकारले यस्तो व्यवस्था गरेमा औषधिको मूल्य पनि ३० प्रतिशत सस्तो पर्छ,’ उनले भने ।

महिलामा समस्या बढी

गम्भीर मिर्गौला रोगका कारण प्रत्येक वर्ष विश्वमा ६ लाख महिलाको मृत्यु हुने गरेको जनाइएको छ ।  मिर्गौलासम्बन्धी रोगबाट विश्वभर १९ करोड ५० लाख महिला प्रभावित भएको तथ्याङ्क छ । नेपालमा कुल जनसंख्याको १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गौला रोग रहेको अनुमान छ ।

वार्षिक ३ हजार नयाँ मिर्गौला रोगी थपिने गरेको चिकित्सकहरूको अनुमान छ । नेपालको यकिन तथ्याङ्क नभए पनि पुरुषमा भन्दा महिलामा मिर्गौला रोगको समस्याबाट पीडित हुने गरेको चिकित्सकहरू बताउँछन् । डा. काफ्लेले महिलाहरूमा गर्भवती अवस्थाको जटिलताहरूले मिर्गौला रोग महिलामा बढी भएको बताए ।

डा. काफ्लेले भने- 'सरकारले नि:शुल्क सेवा दिनु राम्रो कुरा हो । सरकारले बिरामी भएपछि डायलाइसिस सेवा त नि:शुल्क गदिएको छ । अब हामीले मिर्गौलामा समस्या नै आउन नदिन कार्यक्रमहरू गर्न जरुरी छ ।'

महिलाहरूमा स्वास्थ्य सेवा र उपचारमा पहुँच नहुँदा महिलाहरू मिर्गौला रोगबाट पीडित भएको डा. काफ्लेको भनाइ छ । यस्तै गर्भवती महिलामा गम्भीर मिर्गौला रोग भएमा आमा र तिनका शिशुमा समेत नकारात्मक असर गर्ने डा. काफ्लेले बताए ।

उनले भने, ‘गर्भवती अवस्थामा स्वास्थ्य र पोशिलो खाना नखाएमा कम तौलको बच्चा जन्मन सक्छ । कम तौल भएको बच्चामा नेफ्रोन कम हुन्छ । त्यो बच्चामा पछि मिर्गौला बिग्रने समस्या हुन्छ । त्यसैले गर्भवती अवस्थामा मिर्गौला रोगबारे जनचेतना, समयमै रोगको निदान र उचित उपचारको खाँचो छ ।’

मिर्गौला रोग खर्चिलो भएकाले रोगको शीघ्र पहिचान गरी मिर्गौला स्वास्थ्य राख्न चिकित्सकहरूले सुझाव दिएका छन् ।

२१ वर्षमा ४ लाखभन्दा बढीको डायलाइसिस

२०५१ सालबाट बिरामीलाई डायलासिस सेवा प्रदान गर्दै आएको राष्ट्रिय मिर्गौला केन्द्रले  २१ वर्षको अवधिमा ४ लाख ४३ हजार १ सय ७८ वटा डायलाइसिस गरेको छ ।

केन्द्रले  वि.स. २०६५ देखि नेपाल सरकारको निःशुल्क डायलाइसिस कार्यक्रमअन्तर्गत ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र लोपोन्मुख जातिहरुलाई निःशुल्क डायलाइसिस सेवा प्रदान गर्दै आएको छ ।

यस्तै २०६६ सालबाट एचआईभी, हेपाटाइटिस बी, सी संक्रमितलाई पनि निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x