×

NMB BANK
NIC ASIA

प्रहरीको फन्दामा 'श्रमका दलाल', ३५ जनामाथि सार्वजनिक अपराधको मुद्दा

फागुन ३०, २०७४

NTC
श्रम स्वीकृतिका लागि लाइनमा बसेका युवा
Premier Steels

काठमाडौं, ३० फागुन- श्रम कार्यालयमा पुग्ने सेवाग्राहीमाथि हुने ठगीसम्बन्धमा लोकान्तरमासमाचारप्रकाशित भएपछि प्रहरीले छापा मारी पक्राउ गरेका ३५ जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही हुने भएको छ ।

Muktinath Bank

काठमाडौं महानगर प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाले लोकान्तरलाई बताएअनुसार हाल उनीहरूलाई थप अनुसन्धानका लागि ७ दिनको म्याद लिएर हिरासतमा राखिएको र त्यसलगत्तै सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेस गरिने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत फागुन २१ गते लोकान्तरले श्रम कार्यालय परिसरमै गएरविदेश जानेहरूबाट जनही ५०० देखि २५०० रुपैयाँसम्म असुली गर्ने गरेको समाचारसार्वजनिक गरेको थियो । त्यसलगत्तै सादा पोशाकका प्रहरीहरू सेवाग्राही बनेर उनीहरुलाई रंगेहात समातेका थिए । उनीहरुलाई अहिले महानगरीय प्रहरी परिसरमा थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । 


Advertisment
Nabil box
Kumari

प्रनाउ मोहन कुमार थापाले बताए अनुसार सार्वजनिक मुद्दा सीडीओ कार्यालयले हेर्ने हुँदा पक्राउ परेका सबैको मुद्दा सिडिओ कार्यालयमा दर्ता गरिने छ । अनुसन्धानका क्रममा पक्राउ परेकाहरू दोषि देखिए उनीहरुलाई एक वर्षसम्म कैद र जनही २८००० सम्म जरिवाना हुनेछ । 

Vianet communication

अनुसन्धान सकिएपछि सरकारी वकिलको कार्यालयमा मिसिल पेस गर्ने र त्यहाँ चार्जसिट तयार गरेपछि सिडिओ कार्यालयले बयान लिने अनि बयानका आधारमा अदालतले मुद्दाको फैसला गर्नेछ । 

सार्वजनिक ऐनअन्तर्गत लगाइएका मुद्दामा आरोपीहरूलाई प्रायः धरौटी मागेर सामान्य तारेखमा रिहा गर्ने गरिएको प्रनाउ मोहनकुमार थापाले बताए ।

अदालतले अन्तिम फैसला नसुनाउने बेलासम्म उनीहरूलाई नियमित तारेखमा बोलाइनेछ । यस्ता ठगी नियन्त्रण गर्न महानगरीय प्रहरी परिसरले निरन्तर अनुगमन र अनुसन्धान गरिरहने उनले बताए ।

पढ्नुहोस् यो पनि :

श्रम गर्न जानेबाट जनही २५ सयसम्म ठगी, सोल्टीमोडबाटै पछि लाग्छन् दलाल

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x