०१ असार २०८३, सोमबार

प्रहरीको फन्दामा 'श्रमका दलाल', ३५ जनामाथि सार्वजनिक अपराधको मुद्दा

फागुन ३०, २०७४
प्रहरीको फन्दामा 'श्रमका दलाल', ३५ जनामाथि सार्वजनिक अपराधको मुद्दा
श्रम स्वीकृतिका लागि लाइनमा बसेका युवा

काठमाडौं, ३० फागुन- श्रम कार्यालयमा पुग्ने सेवाग्राहीमाथि हुने ठगीसम्बन्धमा लोकान्तरमासमाचारप्रकाशित भएपछि प्रहरीले छापा मारी पक्राउ गरेका ३५ जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही हुने भएको छ ।

काठमाडौं महानगर प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाले लोकान्तरलाई बताएअनुसार हाल उनीहरूलाई थप अनुसन्धानका लागि ७ दिनको म्याद लिएर हिरासतमा राखिएको र त्यसलगत्तै सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेस गरिने भएको छ ।

गत फागुन २१ गते लोकान्तरले श्रम कार्यालय परिसरमै गएरविदेश जानेहरूबाट जनही ५०० देखि २५०० रुपैयाँसम्म असुली गर्ने गरेको समाचारसार्वजनिक गरेको थियो । त्यसलगत्तै सादा पोशाकका प्रहरीहरू सेवाग्राही बनेर उनीहरुलाई रंगेहात समातेका थिए । उनीहरुलाई अहिले महानगरीय प्रहरी परिसरमा थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । 

प्रनाउ मोहन कुमार थापाले बताए अनुसार सार्वजनिक मुद्दा सीडीओ कार्यालयले हेर्ने हुँदा पक्राउ परेका सबैको मुद्दा सिडिओ कार्यालयमा दर्ता गरिने छ । अनुसन्धानका क्रममा पक्राउ परेकाहरू दोषि देखिए उनीहरुलाई एक वर्षसम्म कैद र जनही २८००० सम्म जरिवाना हुनेछ । 

अनुसन्धान सकिएपछि सरकारी वकिलको कार्यालयमा मिसिल पेस गर्ने र त्यहाँ चार्जसिट तयार गरेपछि सिडिओ कार्यालयले बयान लिने अनि बयानका आधारमा अदालतले मुद्दाको फैसला गर्नेछ । 

सार्वजनिक ऐनअन्तर्गत लगाइएका मुद्दामा आरोपीहरूलाई प्रायः धरौटी मागेर सामान्य तारेखमा रिहा गर्ने गरिएको प्रनाउ मोहनकुमार थापाले बताए ।

अदालतले अन्तिम फैसला नसुनाउने बेलासम्म उनीहरूलाई नियमित तारेखमा बोलाइनेछ । यस्ता ठगी नियन्त्रण गर्न महानगरीय प्रहरी परिसरले निरन्तर अनुगमन र अनुसन्धान गरिरहने उनले बताए ।

पढ्नुहोस् यो पनि :

श्रम गर्न जानेबाट जनही २५ सयसम्म ठगी, सोल्टीमोडबाटै पछि लाग्छन् दलाल

salt training

कमेन्ट गर्नुहोस्