काठमाडौं १ चैत- नेपाली चलचित्रकी अभिनेत्री निता ढुङ्गानाले पहिलो पटक महिनाबारीको समयमा १७ दिन बन्द कोठामा थुनिनु परेको बताएकी छिन् ।
हास्यकलाकार घनश्याम गौतम 'प्रचण्ड'सँग लोकान्तरकोे स्टुडियोमा कुराकानी गर्दै निताले बन्दकोठामा बस्दा मानसिक रुपमा पीडित भएको बताइन् ।
शुक्रबारबाट रिलिज हुन लाागेको चलचित्र पञ्चायत दर्शकले मनपराउने दाबी उनले गरिनन् । चलचित्रमा अंगप्रदर्शनलाई लिएर चर्चामा रहेकी निताले त्यसलाई पूर्णरुपमा अस्विकार गरिन् ।
कथाको माग अनुसार आफूले फिल्ममा अभिनय गरेको भन्दै त्यसलाई अंगप्रदर्शनको रुपमा नबुझ्न उनले आग्रह गरिन् ।