
काठमाडौंं, १५ चैत– यतिबेला पूँजी बजारमा निकै उतारचढाव देखा परेको छ । खासगरी वाम गठबन्धनको सरकार बनेपछि दिनहुँ बजार ओरालो लागिरहेको छ ।

सरकारको आधिकारिक अर्थनीति आइनसक्दै शेयर बजारमा तरंग पैदा भएको छ । एकातिर अर्थमन्त्रीका अभिव्यक्तिहरूका कारण बजारमा गम्भीर प्रभाव परेको भन्नेहरू छन् भने, अर्कातिर सरकारको अर्थनीति नै आइनसकेको अवस्थामा कुनै सामान्य अभिव्यक्तिको प्रभाव नभई अन्य फण्डामेन्टल कारण रहेको विश्लेषण छ ।
पूँजी बजार विश्लेषक अनलराज भट्टराईले अर्थमन्त्रीको अभिव्यक्तिलाई अनावश्यकरूपमा उछालिँदा लगानीकर्ताहरू त्रसित बन्नुपरेको बताउँछन् ।
लोकान्तर ‘विजनेस शो’मा कुराकानी गर्दै भट्टराईले पूँजी बजारलाई प्रभाव पार्ने विभिन्न प्राविधिक पक्षहरूमध्ये लगानीकर्ताको मनसाय एक महत्वपूर्ण भएको बताए । बजारको व्यवस्थापनका लागि प्राइस डिस्कभरी मेकानिजम (मूल्य निर्धारण संयन्त्र) लाई प्रभावकारी बनाउनुपर्ने उनको तर्क छ ।