२८ जेठ २०८३, बिहीबार

विश्लेषक भट्टराई भन्छन् : अर्थमन्त्रीको अभिव्यक्तिमाथि ‘ओभर रियाक्ट’ भयो (भिडियो कुराकानी)

चैत १५, २०७४
विश्लेषक भट्टराई भन्छन् : अर्थमन्त्रीको अभिव्यक्तिमाथि ‘ओभर रियाक्ट’ भयो (भिडियो कुराकानी)

 काठमाडौंं, १५ चैत– यतिबेला पूँजी बजारमा निकै उतारचढाव देखा परेको छ । खासगरी वाम गठबन्धनको सरकार बनेपछि दिनहुँ बजार ओरालो लागिरहेको छ । 


सरकारको आधिकारिक अर्थनीति आइनसक्दै शेयर बजारमा तरंग पैदा भएको छ ।  एकातिर अर्थमन्त्रीका अभिव्यक्तिहरूका कारण बजारमा गम्भीर प्रभाव परेको भन्नेहरू छन् भने, अर्कातिर सरकारको अर्थनीति नै आइनसकेको अवस्थामा कुनै सामान्य अभिव्यक्तिको प्रभाव नभई अन्य फण्डामेन्टल कारण रहेको विश्लेषण छ ।


पूँजी बजार विश्लेषक अनलराज भट्टराईले अर्थमन्त्रीको अभिव्यक्तिलाई अनावश्यकरूपमा उछालिँदा लगानीकर्ताहरू त्रसित बन्नुपरेको बताउँछन् । 


लोकान्तर ‘विजनेस शो’मा कुराकानी गर्दै भट्टराईले पूँजी बजारलाई प्रभाव पार्ने विभिन्न प्राविधिक पक्षहरूमध्ये लगानीकर्ताको मनसाय एक महत्वपूर्ण भएको बताए । बजारको व्यवस्थापनका लागि प्राइस डिस्कभरी मेकानिजम (मूल्य निर्धारण संयन्त्र) लाई प्रभावकारी बनाउनुपर्ने उनको तर्क छ ।
 
 

salt training

कमेन्ट गर्नुहोस्