×

NMB BANK
NIC ASIA

ओलीद्वारा प्रधानमन्त्रीय शासनको अभ्यास, मन्त्रीले नै पाएनन् सचिव सरुवाको पत्तो

चैत २३, २०७४

NTC
Premier Steels

काठमाडौं, २३ चैत-प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार बिहान ९ बजे भारत भ्रमणका लागि दिल्ली प्रस्थान गरे । तीनदिने राजकीय भ्रमणका लागि भारत उडेका ओली आइतवार (२५ चैत)मा स्वदेश फर्किनेछन् । तर ओलीले भारत प्रस्थान गर्नुअगावै गरेको एउटा निर्णयले भने उनकै मन्त्रिपरिषद्का सदस्य (मन्त्रीहरू) अन्यौलमा परेका छन् ।

Muktinath Bank

ओलीले भारत उड्नुअगाडि बिहीवार साँझको मन्त्रिपरिषद् बैठकमा सचिवहरूको सरुवासम्बन्धी निर्णय गराए । तर बैठकमा सहभागी मन्त्रीहरूले कुन सचिवको कहाँ सरुवा हुँदैछ भन्ने जानकारीसमेत नपाएका रहेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मन्त्रिपरिषद्बाट सचिव सरुवा भएको निर्णय गरिए पनि धेरै मन्त्रीज्यूहरूलाई कुन सचिव कहाँ सरुवा हुनुभएको छ भन्ने थाहा पनि छैन,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको मन्त्रिपषिद् शाखाका एक सह–सचिवले लोकान्तरसँग भने, ‘सचिव सरुवामा प्रधानमन्त्रीले स्वविवेकीय आधारमा गर्नुभएको हो ।’


Advertisment
Nabil box
Kumari

मुख्यसचिव लोकदर्शन रेग्मीसँगको सल्लाहमा प्रधानमन्त्री ओलीले ३० जना सचिवको सरुवा गर्ने निर्णय लिएको बुझिएको छ ।

Vianet communication

ओलीले तोडे परम्परा

यसअघि मन्त्रालयका सचिव सरुवा हुँदा मन्त्रीहरूको विशेष भूमिका हुन्थ्यो । मन्त्रीहरूले आफूले भन्नेको मान्ने खालको सचिवलाई टिपेर आफ्नो मन्त्रालयमा लैजाने परम्परा नै बसेको थियो ।

तर यसपटक भने सचिव सरुवामा प्रधानमन्त्री ओलीले विशेष चासो देखाएका छन् । मन्त्रीहरूलाई समेत जानकारी नदिइ सचिवको सरुवा भएकोमा प्रधानमन्त्री कार्यालयका अधिकारी नै आश्चर्यमा छन् ।

सचिवहरूको सरुवाबारे गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितबाहेक अन्य मन्त्रीलाई जानकारी समेत नभएको स्रोतको भनाइ छ ।

सरुवा भएका सचिवले समेत समाचारमा आफ्नो नाम आएपछि मात्रै सरुवा भएकोबारे जानकारी पाएको लोकान्तरलाई बताए । ‘अनलाइन सञ्चारमाध्यममा समाचार आएपछि मात्रै सरुवाबारे जानकारी पाएँ,’ एक सचिवले लोकान्तरसँग भने, ‘सायद आज (बिहीवार) साँझसम्म सरुवा भएको पत्र पाउछौं होला ।’

प्रधानमन्त्रीय शासनको अभ्यास

संविधानअनुसार देशको प्रमुख कार्यकारी अधिकार प्रधानमन्त्रीमा हुन्छ । तर यसअघिका प्रधानमन्त्रीले सबै ठाउँमा आफ्नो प्रधानमन्त्रीय अधिकारको प्रयोग गर्ने अवस्था थिएन ।

अन्य दलसँगको गठबन्धनमा बन्ने सरकारका प्रधानमन्त्रीले सत्ता साझेदार दलका मन्त्रीलाई खुशी पार्न नसक्दा कुर्सी नै गुमाउनुपर्ने अवस्था हुन्थ्यो । तीन चौथाइ सांसदको समर्थनप्राप्त प्रधानमन्त्री ओलीको हकमा डराउनुपर्ने अवस्था नरहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

नेपाल सरकारका पूर्व सचिव द्वारिकानाथ ढुङ्गेल प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीय शासनको अभ्यास गरेको बताउँछन् । ‘२०५२ सालदेखि मन्त्रीले सचिव टिप्ने परम्परा थियो,’ पूर्वसचिव ढुङ्गेल भन्छन्, ‘तर यसपटक प्रधानमन्त्रीले मन्त्रीलाई समेत जानकारी नदिई सचिवको सरुवा गरेको भन्ने कुरा चर्चामा आएको छ । जुन प्रधानमन्त्रीय शासनको अभ्यास हो ।’

आफूले चाहेअनुसार काम गर्नका लागि प्रधानमन्त्रीले हस्तक्षेप गर्नु स्वभाविक भएको ढुङ्गेल बताउँछन् । ‘मन्त्रीले छानेर लगेका सचिवले मन्त्रीको दबाबमा रहेर काम गर्नुपर्ने अवस्था हुन्छ । यस्तो अवस्थामा राम्ररी काम गर्ने वातावरण पनि हुँदैन,’ ढुङ्गेल भन्छन्, ‘अहिले प्रधानमन्त्रीले आफ्नो चाहना र योजनाअनुसार सचिवको सरुवा गर्नुभएको देखिन्छ । यस्तो अभ्यासले कर्मचारी पनि सरकार र जनताप्रति उत्तरदायी हुन्छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x