
दिल्ली, २४ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गरेका छन् ।
भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शनिवार विहान राष्ट्रपति भवनमा कोविन्दसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा आपसीहित, दुई पक्षीय सम्बन्धमाका विषयमा छलफल भएको थियो ।
ओलीलाई भारत सरकारले राष्ट्रपति भवनमा विशेष सम्मान गदै गार्ड अफ अनर प्रदान गरेको छ ।