×

NMB BANK
NIC ASIA

विराटनगर, १३ वैशाख– पछिला दिनमा भारतबाट नेपालतर्फ लागू औषधको अवैधत् कारोवारमा भारतीय नागरिक संलग्न हुने गरेको पाईएको छ । गएराति बिराटनगरको नोवेल अस्पताल अगाडीबाट ७ जना भारतीय ठूलाे परिमाणको लागू औषध सहित पक्राउ परेपछि यो बिषय सार्बजनिक भएको हो । राति करिब ९ बजेको समयमा भारतबाट नेपाल भित्र्याएको अबस्थामा ठूलाे परिमाणको लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

Muktinath Bank

यसरी पक्राउ पर्नेमा भारतको वथनाहाका रोहित कुमार शर्मा, फारबिसगंजका प्रमोद भन्ने बिनोद यादव, मिल्की डुमरीयाका राजकुमार यादव, मिल्की डुमरीयाकै निलमदेबी यादव, सिमराहाका प्रकाश कुमार दास, रानीगंजका रन्जीत कुमार शर्मा र  बरारभत नाजाका सुरजनारायण यादव रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ परेका उनीहरु  बिराटनगर महानगरपालिका ४मा रहेको नोवेल मेडिकल कलेज अगाडी नहरको डिलमा भारतीय तीनवटा मोटरसाईकल सहित पक्राउ परेका हुन् । प्रहरीले प्रमोद भन्ने विनोदको साथबाट  अमेरिकन पेस्तोल एक थान सहित त्यसमा लाग्ने ६ थान गोली बरामद गरेको छ । हतियार सहित आएका उनीहरुको साथबाट ठूलाे परिमाणको लागू औषध बरामद गरेको हो ।


Advertisment
Nabil box
Kumari

यसरी बरामद भएको लागू औषधमा एभिल एक हजार ७ सय १७ एम्पुल,  डाईजेलाभ पाँच सय , स्प्रास्मो प्रोक्सिभन एक हजर ७ सय ७६ चक्की, नाईट्रोशन ट्याब्लेट ७ सय २५ , फेनारगर १ सय २५, डाईलेक्स डिसी १३ बोतल बरामद गरेको हो । 

Vianet communication

प्रहरीले उनीहरुको साथबाट ३ वटा भारतीय मोटरसाईकल, ६ सेट मोवाईल, एक सेट स्वचालित हतियार र त्यसमा लाग्ने म्यागेजिन सहित ६ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएकाे छ । यसरी हतियारसहित लागू औषध फेला परेको मोरङमा पहिलो घटना भएको हुन्सक्ने प्रहरीकाे भनाइ छ । यसमा महिलाको समेत संलग्नता रहेको मोरङका प्रहरी उपरिक्षक अरुणकुमार बिसीले जानकारी दिए ।

यस घटनामा एकजना भारतीय महिला पनि पक्राउ परेकी छन्  । उनका अनुसार ठूलाे मात्रामा लागू औषध फेला परेकोले यो मोरङ या बिराटनगरको लागि मात्र नभई बाहिरी जिल्लाको लागि लग्दै गरेको हुन्सक्ने आशंका गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x