१५ असार २०८३, सोमबार

मोफसलको रङ्गमञ्चमा जमेकी दीपा

बैशाख १५, २०७५
मोफसलको रङ्गमञ्चमा जमेकी दीपा

विराटनगर, १५ वैशाख– ‘राति निदाइसकेको बेलामा हरिव‌श र मदनकृष्णको टेलिफिल्म हेर्न बुबाले उठाउनु हुन्थ्यो’दीपाले अनुभव सुनाइन्,‘जसको अभिनयले गर्दा मलाई कलाकारीता गर्ने प्रेरण मिल्यो ।’

अग्रजहरुको नाटक हेरिकी उनै ‘फुच्ची’ ले आज नाटकलाई आफ्नो कर्मथलो बनाएकी छिन् । नाट्य क्षेत्रमा अघि बढेकी दीपाले दुई हजार भन्दा धेरै नाटकमा अभिनय गरेकी छिन् । 

०००

विराटनगर १९ रानीमा जन्मिएकी दीपा पोखरेल उमेरले ३० वर्षकी भइन् । बुबा यज्ञप्रसाद र आमा रेनुका पोखरेलले निन्द्रमा रहेकी दीपालाई काँचका पर्दामा देखिने नाटक हेर्न नविउझाएका भए सायद उनले रंगमञ्चमा पाइला चाल्ने थिइनन् । 

कलाकारिताको छाप परेपछि दीपा नेपाली फिल्मकी नायिका निरुता सिंह र मिथिला शर्माको अभिनयबाट प्रभावित थिइन् र आफूमा पनि उनीहरुजस्तै कलाकार बन्ने इच्छाशक्ति बनाइन् । निरुता र मिथिलाले अभिनय गरेको कतिपय फिल्म र नाटकहरु उनले हेरिन् र ति मध्ये आफूलाई मनपरेका केही डाइलग उनले कण्ठ पारेकी थिइन् । 

‘घरमा म ढोका बन्द गरेर ऐना अगाडि उभिएर निरुता र मिथिलाले फिल्ममा बोलेका डाइलग बोल्थे’ दीपाले लजाउँदै भनिन्,‘उनीहरु जस्तै कलाकार बन्न मन थियो नि त!’

पाँच दिदिबहिनी मध्ये जेठी छोरी हुन् दीपा । उनको परिवारमा काँचको पर्दामा आउने टेलिफिल्म हेर्ने बाहेक कलाकारिता क्षेत्रसँग थप नाता र साइनो थिएन । तर तिनै काँचको पर्दामा कहिलेकाही आउने टेलिफिल्म उनलाई रंगमञ्चमा आउने आधार बने । त्यसलाई बुबा यज्ञप्रसादले साथ दिए । 

विराटनगर १९ रहेको मेरीगोल्ड स्कुल र पोखरियमा पढेकी दीपा स्कुल पढ्दा कम बोल्ने गर्थिन् ।  निकै लजालु स्वाभावकी उनी साथीहरुसँग पनि लजाउँथिउन् । उनी हाँस्दै भन्छिन् ‘म अहिले पनि लजालु स्वाभावकी छु ।’ 

यसरी शुरु भयो नाटक

उमेर बढ्दै गएसँगै नाटकको मोहमा उनी थप आकर्षित भइन् । यसै क्रममा वि.स.२०६० साल देखि सडक नाटक खेल्न सुरुवात गरिन् ।  विराटनगरमा रहेको ताल कला समूहमा नाटक गर्दा भाले रेविज नाटक गरिन् त्यो नै उनले अभिनय गरेको पहिलो नाटक थियो । 

करिब २ बर्षसम्म साथीहरुसँग काम गरिन् । त्यसपछि दीपाले विराटनगर हाटखोलामा रहेको आरोहण गुरुकुल शुशिला नाटक घरबाट अभिनय सिक्ने मौका पाईन् । 

दीपाले शुनिल पोखरेल, निशा शर्मा, सौगात मल्ल लगायत अन्य थुप्रै राष्ट्रिय नाटक घरका पोख्त कलाकारहरुबाट सिकेको अभिनयले उनलाई रंगमञ्चमा थप बल पुग्यो । 

करिब १० वर्ष जति भयो गुरुकुलमा उनले अभिनय गर्न थालेको । ‘पुराना कलाकारले गर्ने अभिनयको प्रभाव नै मान्नुपर्छ दीपाले भनिन्, एक्लै गरिने नाटकको प्रभाव र पछिल्ला दिनमा सिकेका सीप नै मेरा लागि अभिनयको माध्याम बन्यो ।’

दिपाले पहिलो पटक नाटक गर्दाको अनुभव सुनाउँदै भनिन् ‘कर्णली दक्षिण बग्दछ’ नाटक भन्दा पहिला गरेको ‘भाले रेविज’ नाटक गर्नुपर्ने थियो, त्यो नाटक मञ्चनको लागि मञ्चमा जाँदा काँमेको थिएँ ।’  

पहिलो पटकको शो गर्न लाग्दा उनी निकै डराइन् तर पनि जेपर्ला पर्ला भन्दै मञ्चमा अभिनय गरिन् ।

‘नाटक मञ्चन भईसकेपछि सबैले अभिनयको तारिफ गरे ।’ दीपाले भनिन्‘म त्यो बेला धेरै नै खुशी भएको थिए अनि त्यो बेलादेखि मेरो अरु जिम्मेवारी बढेको छ भनेर नाटकमा लगनशिल भएर नाटक खेल्न थालेँ । 

विराटनगर लगायत आसपासका गाविस र बाहिरी जिल्लाहरुमा गएर दुई हजार बढी सडक नाटकमा अभिनय गरिसकेको अनुभव दीपाको छ । 

‘चतुरेको दाउ पेज’ ‘बहादुरपुरको दन्त्य कथा’ ‘कर्णली दक्षिण बग्दछ’  ‘सुईना कर्णालीका’ बालश्रम जस्ता नाटकहरुमा उनले अभिनय गरेकी छिन् । यसका अलवा सर्ट–मुभि र केही विज्ञापनहरुमा पनि आफ्नो अभिनय पोखिएको उनले सुनाईन् । उनी आगामी दिनमा एकल नाटकको तयारीमा जुटेकी छिन् ।

एकल नाटकसँगै उनी अन्य नाटकको लागि बिभिन्न पुस्तकहरुको खोजीमा छिन् । अहिले उनी नाटकको तयारीमा ५ वटा पुस्तक अध्ययन गर्दैछिन् । भुसको आगो, च्यातिएको पर्दा, कोई किन बर्वादहोस्, दोष कसैको छैन, भोको घर रहेका छन् । यो मध्यबाट कुनै एउटा पुस्तकलाई आधार बनाएर नाटक गर्ने योजनामा छिन् दीपा । 

फिल्म खेल्ने रहर

पछिल्लो समय थिएटरका कलाकारहरु फिल्म क्षेत्र जमेका छन् । नाट्यक्षेत्रबाट फिल्ममा कलाकार जमेपछि अन्य नाट्कर्मीले पनि फिल्मी क्षेत्रमा आफ्नो करियर खोज्न थालेका छन् । यसको अपवाद हुन चाहन्न् दीपा । आफूले भने जस्तो कथा बस्तु आएको खण्डमा फिल्म खेल्ने योजना र खोजीमा छिन् । उनले भर्खरै मात्र आरोहण गुरुकुलमा ‘मसान’ नाटकमा मुख्य कलाकारको भूमिका निर्वाह गरिन् । 

रङ्गकर्मीको काम आफू रोएर अरुलाई हसाँउने र सबै रङको मिश्रण भएका कारण रङ्गमञ्चमा डुब्न निकै कठिन हुने उनले सुनाईन् । 

आर्थिक रुपमा हेर्ने हो भने नाटकमा लागेर पैसा कमाउन नसकिने उनको अनुभव छ । लामो समयदेखि विराटनगरलाई कर्मक्षेत्र बनाएर नाटक गर्दै आएकी उनले पैसा भन्दा सबैको माया पाएकोमा सन्तुष्टि व्यक्त गरिन् ।

 ‘नाटकमा लागेर पैसा कमाउँछु भनेर सोच्दै नसोचे हुन्छ, उनले भनिन्,‘यदि पैसा कमाउने हो भने काठमाडौ नै जानुपर्छ ।’ उनी आर्थिक अभाव नहोस् भनेर अहिले ब्युटी पार्लर संचालन गर्दै आएको सुनाउँछिन्  । उनी सानी छोरी र श्रीमानसँग आफ्नो पारिवारिक जीवन चलाउँदै आएकी छिन् । 

नेपालमा पछिल्लो समयमा रङ्गमञ्च प्रति युवावर्गको आकर्षण बढ्दै गएको पाइएको छ । पहिले काठमाडांैमा मात्र सिमित रङ्गमञ्च अहिले धेरै सहरहरुमा पुगिसेको छ, त्यो पनि नाटक घरको रुपमा । 

अहिले विराटनगर र झोराहाटमा २ वटा नाटक घरहरु नियमित नाटक देखाउने स्थलको रुपमा छन्  । ची नाटक घरहरुले नाटक त देखाएका छन् नै यिनै नाटकघरहरुबाट राष्ट्रिय स्तरमा कलाकार जन्माइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्