१४ असार २०८३, आइतबार

३३ किलो सुन प्रकरण : एसएसपी लोहनीसहित २९ अभियुक्त अदालतमा

बैशाख १९, २०७५
३३ किलो सुन प्रकरण : एसएसपी लोहनीसहित २९ अभियुक्त अदालतमा

विराटनगर, १९ वैशाख– गत माघ पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर गायब भएको भनिएको तस्करीको ३३ किलो सुन र त्योसँगै जोडिएको सनम शाक्य हत्या प्रकरणमा मुद्दा दर्ता गर्न २९ जना अभियुक्तलाई बुधवार मोरङ जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

नेपाल प्रहरीका ७ कर्मचारीसहित अन्य २२ जनालाई अदालतमा उपस्थित गराइएको हो । 

प्रहरीका बहालवाला प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी, प्रहरी उपरीक्षक विकासराज खनाल, पूर्व डिआईजी गोविन्द निरौला,  डीएसपी  प्रजित केसी तथा सञ्जय राउत, सई बालकृष्ण सञ्जेल, एसएसपी श्याम खत्रीका चालक प्रहरी जवान विष्णुबहादुर खड्काविरुद्ध मुद्दा दर्ता गर्न अदालतमा उपस्थित गराइएको छ ।  

यस्तै ३३ किलो सुन तस्करीमा संलग्न भनिएका विमानस्थलका कर्मचारीहरु थाई एयरवेजका कर्मचारी लालबहादुर मगर, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल र तुलाराम थारुलाई पनि अदालतमा उपस्थित गराइएको छ । 

यस्तै सुन तस्करीमा लगानी गर्ने व्यापारीहरु भुजुङ गुरुङ, महावीर गोल्यान, राजेन्द्रमान शाक्यलाई पनि मुद्दा दर्ता गर्न अदालतमा उपस्थित गराइएको छ ।  

सुन बेपत्ता भएपछि मारिएका सनम शााक्य हत्याका प्रतिवादी  मोहन काफ्ले, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्ला शेर्पा, मोहन घिमिरे र राजन कुमारलाई पनि अदालतमा उपस्थित गराइएको छ । 

सरकारी वकिलको कार्यालय मोरङले ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा चूडामणि उप्रेती (गोरे)लाई मुख्य अभियुक्त बनाएर अदालतमा अभियोग पत्र दायर गरेको छ । 

गोरेलाई फरार अभियुक्तको सूचीमा राखिएको छ । प्रहरीले गोरेसहित एसएसपी श्याम खत्री, गोरेका भाइ रमेश उप्रेती, गोरेकी श्रीमती निरु खरेल, गोरेकी प्रेमिका रक्षा भण्डारी, मोहनकुमार अग्रवाल, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, डोलेन्द्रप्रसाद खरेल, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (बोलाउने नाम भविन तामाङ), कमल कार्की, संदिप खडका, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, रोहित आचार्य, दावा शेर्पा, भोजराज भण्डारी, प्रयास पराजुली, सुरेन्द्र गौतमलगायतलाई फरार अभियुक्तको सूचीमा राखेको छ । 

सनम शाक्यको हत्या अभियोगमा एसएसपी लोहनी पक्राउ

salt training

कमेन्ट गर्नुहोस्