
काठमाडौं, २३ वैशाख – खाजाका रूपमा मसलायुक्त र चुरुमचुरुम केही खान मन छ भने आलु पनीर बनाएर खान सक्नुहुन्छ । यो बनाउन सजिलो छ ।
सामग्री
आलु (उमालेर फुटाएको) २०० ग्राम
पनीर (कोरेको) २०० ग्राम
नून एक चम्चा
हरियो खुर्सानी
मरिच अलिकति
मैदा १०० ग्राम
पानी २०० मिलिलिटर
तेल अलिकति
विधि
सबभन्दा पहिले आलु, पनीर, नून, हरियो खुर्सानी र मरिच हालेर मज्जाले मिलाउनुस् ।
कचौरामा मैदा हालेर त्यसमा पानी हाल्नुस् र गाढा घोल बनाउनुस् ।
अब आलु मिश्रण त्यसमा हालेर गोलीको जस्तो आकार दिनुस् ।
कराहीमा तेल तताएर सुनौलो खैरो र चुरुमचुरुम हुन्जेल फ्राई गर्नुस् ।
अब त्यसलाई टिस्यु पेपरमा निकालेर केचपका साथ तात्तातो पस्किनुस् ।
एजेन्सी