×

NMB BANK
NIC ASIA

लोकान्तर स्टुडियोमा डा. प्रकाश बञ्जाडे

अस्पतालको कमजोरीले डाक्टर र बिरामीबीच सम्बन्ध चिसिँदैछ – डा. बञ्जाडे [भिडियो अन्तर्वार्ता]

जेठ २, २०७५

NTC
Premier Steels

काठमाडौं, २ जेठ– पहिला–पहिला बिरामीले डाक्टरहरूलाई भगवानको रूपमा लिन्थे । अस्पताल पुगेका बिरामीहरू औषधि उपचारले मात्र होइन चिकित्सकको सेवा र व्यवहारले पनि छिट्टै निको भएको आभाष गर्थे । तर अहिले अवस्था बदलिएको छ । कहिले चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको खबर त कहिले बिरामीकै आफन्तबाट डाक्टर कुटिएका समाचारहरू आइरहन्छन् । डाक्टरलाई भगवान ठान्ने बिरामी र बिरामीलाई निको बनाउन पाउनु आफ्नो सौभाग्य सम्झने चिकित्सकहरू बीचको सम्बन्धमा यस्तो परिवर्तन कसरी आयो ?

Muktinath Bank

नेपालमा बिरामी र चिकित्सकबीच विश्वासको वातावरणमा कमी आउनुको कारण अस्पतालको व्यवस्थापकीय कमजोरी भएको डा. प्रकाश बञ्जाडे बताउँछन् । युनाइटेड नेसन्स युथ एण्ड स्टुडेन्ट एसोसियसन नेपालको अध्यक्ष रहेर युवा डाक्टरहरूको नेतृत्व गर्दै आएका बञ्जाडेको निष्कर्ष अस्पतालहरूको व्यवस्थापकीय कमजोरीका कारण बिरामीले गुणस्तरीय सेवा पाउन नसकेको भन्ने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपालमा जुनियर र सिनियर भनेर डाक्टरहरू विभाजित छन्, भर्खरै स्वास्थ्य सेवाको क्षेत्रमा प्रवेश गरेका डाक्टर र दक्ष भइसकेका डाक्टरहरू बीच नै भेदभाव र समन्वयको अभाव छ,’ लोकान्तर डटकमको कार्यक्रम लोकान्तर हेल्थ शोमा कुराकानी गर्दै डा. बञ्जाडेले भने, ‘यसको असर बिरामीहरूमा परिरहेको छ । बिरामीको अनुपातमा चिकित्सको संख्या निर्धारण नहुँदा बिरामीले राम्रोसँग उपचार सेवा पाउन सकेका छैनन् । जसका कारण बिरामीहरूले डाक्टरलाई हेर्ने दृष्टिकोण फरक भएको छ ।’


Advertisment
Nabil box
Kumari

चिकित्सा क्षेत्रमा भर्खरै प्रवेश गरेका चिकित्सकहरूले ३६ देखि ७२ घण्टासम्म निरन्तर खटिनुपर्ने आवस्था रहेको भन्दै उनले नयाँ र पुराना चिकित्सक बीचको विभेद अन्त्य हुनुपर्ने धारणा राखे ।

Vianet communication

हेरौँ डा. बञ्जाडेसँग गरिएको भिडियो कुराकानी :
 

hAMROPATRO BELOW NEWS
TATA Below
साउन २८, २०८०

कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रमा कर्णाली न...

असार ६, २०७६

काठमाडौं – धर्म, संस्कृति र परम्परा मास्न गुठी विधेयक ल्याइएको भन्दै गुठीसँग सरोकार राख्ने समूहले गरेको आन्दोलनपछि सरकारले राष्ट्रिय सभामा पेश गरेको उक्त विधेयक फिर्ता लिने निर्णय गर्‍यो । काठम...

फागुन २८, २०७५

काठमाडौं – प्रगतिशील विचार लेखनमा खगेन्द्र संग्रौला परिचित नाम हो । सरकारका कार्यशैलीविरुद्ध उनी सधै आलोचनात्मक लेख्छन् । सत्ताविरुद्ध जहिले पनि आलोचनात्मक हुने संग्रौलाको लेखनशैली, सरकारका पछिल्ला गतिविध...

चैत २८, २०७४

काठमाडौं, २८ चैत- पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले चीनले अगाडि सारेको 'बेल्ट एण्ड रोड इनिसिएटिभ' (बीआरआई)को अवधारणालाई रोक्न भारतले काठमाडौंमा रेल ल्याउने ...

मंसिर १७, २०७५

शान्ति सम्झौता भएको १२ वर्ष बितिसक्यो, तर युद्धका घाउहरू अझै मेटिएका छैनन् । २०५२ सालबाट १० वर्षसम्म चलेको सशस्त्र युद्धका क्रममा राज्य र विद्रोही दुवै पक्षबाट गरी करीब १७ हजारको ज्यान गयो भने हजारौं नागरिक घाइते ...

चैत २६, २०७५

काठमाडौं – देवेन्द्र पौडेल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हुन् । प्रतिनिधिसभा सांसद समेत रहेका नेकपाका प्रभावशाली नेता पौडेल नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x