काठमाडौं, ६ जेठ - स्नेहा ट्राभल मिडियाले नेपाली परम्परागत तथा जातीय खानालाई पर्यटनसँग जोड्ने प्रतियोगिता आयोजना गरेको छ । सो ट्राभल मिडिया नेपालले नेपाली खानालाई पर्यटनसँग जोड्न ‘सगतानी एक्जिम कलेज सेफ आइकन–२०१८’ गर्न लागेको हो । उक्त प्रतियोगितामा १२ कलेजका ३६ विद्यार्थीको सहभागिता रहने छ ।
जेठ १५ देखि असार ३० गतेसम्म नेपालमै पहिलोपटक हुन लागेको प्रतियोगितामा नेपाली परम्परागत खाना, आदिवासी खाना, कन्टिनेन्टल तथा इटालियन खाना, इण्डियन खाना र चाइनिज खाना बनाउन प्रतिष्पर्धा गराइने स्नेहा ट्राभल मिडिया नेपालका प्रबन्ध निर्देशक सुरेशचन्द्र बस्नेतले जानकारी दिए ।
उनै अभियन्ता बस्नेतसँग लोकान्तरकर्मी मनीषा अवस्थीले गरेको भिडियो कुराकानी ।