×

NMB BANK
NIC ASIA

‘काम पाइनस बुढी के भन्या जस्तो, मन्त्रीको काम..’ हाल न्यूजिल्याण्डमा बस्दै आएका एक जना साथीले तस्बिरसहित सामाजिक सञ्जालमा पोष्ट गरेको यो स्टाटस हेरेपछि केहीबेर म रनभुल्लमा परे । 

Sagarmatha Cement
Muktinath Bank

तस्बिरमा एकजना मन्त्री भैंसी गोठ उद्घाटन गर्दे गरेको दृश्य प्रस्ट रुपमा  देखिएको थियो ।  ति साथीले तस्बिरसहित राखेको स्टाटस एक हिसाबले सान्र्दभिक नै लागेपनि मन्त्री भैैसीको गोठ उद्घाटनमा जाने कुरा त्यति सहज लागेन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही फोटो राख्दै पोखराका  पत्रकार इन्द्र पौडेलले तस्बिरसहित राखेको स्टाटसमा पनि मेरो आँखा पुग्यो । पत्रकार पौडेलले उक्त विषयलाई यसरी लेखेका थिए । “अन्नपूर्ण गाउँपालिका वडा नं १ कास्कीमा सिम सिम्ले नेपाने बहुउदेश्यीय कृषि फार्मको उद्घाटन युवा तथा खेलकुद मन्त्री माननीय जगत विश्वकर्माले गर्नुभयो । त्यहाँका युवाहरुले फार्म दर्ता गरी सञ्चालनमा ल्याएका छन् । करिब ३ सय रोपनी जग्गामा सञ्चालन गर्न लागिएको फार्ममा हाल सम्म ३८ जना सेयर सदस्य छन् भने आगामी दिनमा सो वडाका प्रत्येक घरबाट सेयर लिन सकिनेछ । ”


Advertisment
Nabil box
Kumari

जब पत्रकार पौडेलले लेखेको स्टाटस पढे । त्यसपछि मन्त्री विक प्रतिको नकारात्मक धारणामा परिवर्तन आयो । किनकि खेलकुद मन्त्रीले सिङगो वडाबासीको आर्थिक स्तररोन्नती गर्ने हिसाबले शुरु गर्न लागिएको कृषि फार्मको उद्घाटन गरिरहेका थिए । 

Vianet communication
Laxmi Bank

उनले यो फर्मलाई उद्घाटन गरेको विषयलाई सामाजिक सञ्जालहरुमा ‘उडाउनु’ भन्दा सकारात्मक हिसाबले हेरिनु स्वभाविक विषय हो । तर, खेलुकद मन्त्रीले भंैसी गोठमा रिबन काँटेर कृषि फार्मको उद्घाटन गर्दे गर्दा नेपालको खेल क्षेत्रको भने सरासर उपेक्षामा परेको छ  ।

यस अर्थमा खेल क्षेत्रको खिल्ली उडाउने काम भएको छ भन्दा अतिशयोक्ति नहोला । किनकी विभागीय मन्त्रीले आफ्नो क्षेत्राधिकार छोडेर खेलकुद मन्त्री अन्य क्षेत्रमा सक्रिय भएको स्पस्ट हुन्छ । 

यसो भन्दै गर्दा खेलकुद मन्त्री विकलाई अन्य क्षेत्रको विषयमा चासो लिने अधिकार नै छैन भन्ने अर्थ लाग्न सक्दछ । त्यो सरासर गलत हो । तर यति हो खेलकुद मन्त्रीले भैंसी गोठमा गएर रिबन काट्ने समयमा कुनै खेल मैदानको निरीक्षण गरेर खेलमैदान निर्माणका लागि सोचि दिएको भए अति उत्तम हुने थियो । हुन त उनी उत्पादन सँग जोडिन खोजेका होलान् !

नेपाली खेल क्षेत्रको अवस्था हेर्ने हो भने देशको एकमात्र अन्तराष्ट्रिय स्तरको दशरथ रंगशाला वि.स. २०७२ को महाभूकम्पले क्षत विक्षत अवस्थामा रहेको छ । अहिले रंगशाला पुनर्निर्माणका लागि भत्काउने काम भइरहेको छ त त्यसको गति निकै सुस्त छ । 

क्रिकेटका खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा एकपछि अर्को सफलता हासिल गर्दे गर्दा पनि एउटा राम्रो क्रिकेट मैदान निर्माण गर्न सरकारले सकिरहेको छैन । 

त्यतिमात्र होइन ७ वटै प्रदेशका राजधानी र देशका ७७ वटा जिल्लामा उपयुक्त खेल मैदान निर्माण हुन नसक्दा खेलाडीहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर पाइरहेका छैनन् । 

त्यसैगरी खेलक्षेत्रमा लाग्ने खेलाडीहरुको आर्थिक अवस्था अत्यन्त नाजुक भएका कारण नाम चलेका खेलाडीहरु विदेश पलायन भइरहेको अवस्था छ । यथार्थताको धरालतमा उभिएर भन्ने हो भने खेलक्षेत्र यतिबेला अत्यन्त धराशयी अवस्थामा रहेको छ । 

यस्तो अवस्थामा खेलक्षेत्रको विकासका लागि योजना निर्माण गर्न  छाडेर खेलकुदमन्त्री विक भैंसी गोठको रिबन काट्न जानु कति सान्दर्भिक होला ? 

पछिल्लो समय विशेषत क्रिकेटको क्षेत्रमा सम्भावना देखिएको छ । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ । तर खेलाडीका लागि एउटा पनि विश्व स्तरको मैदान छैन । 


 नेपाली लेग स्पिनरसन्दीप लामिछानेले भारतमा भएको आइपीएलमा उत्कृष्ट प्रर्दशन गर्न सफल भए जसका कारण नेपाली क्रिकेटले थप उचाइ पाएको छ । तर खेलाडीले अवसरहरु नपाउँदा नेपालमै सिमित हुनु पर्ने अवस्था छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि एउटा कार्यक्रममा नेपालीले क्षमता नभएर नभइ अवसर नपाएको बताए । प्रधानमन्त्रीले भनेका थिए ‘नेपाली क्षमता नभएका होइनन्, देखाउने अवसर मात्र नपाएका हुन् लामिछानेले दुई चार डल्ला फाल्ने अवसर पाए चर्चा  भयो ।’

राजनीतिक नेतृत्वमा रहेका व्यक्तिले भाषणमा मात्र सम्भावना र अवसरका कुरा गर्ने तर त्यसका लागि आवश्यक पूर्वाधार नबनाउने हो भने खेलक्षेत्रले काँचुली फेर्ने कुरा दिवा सपना मात्र हुनेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x