काठमाडौं, २१ जेठ – बुलेट बाइक बनाउने सुप्रसिद्ध कम्पनी रोयल एनफील्डले नयाँ हाई पर्फर्मेन्स बाइक सार्वजनिक गरेको छ । बाइकको नाम लकस्टक हो र यसलाई लन्डनमा आयजित एक समारोहमा सार्वजनिक गरिएको छ ।
यसमा ६५० सीसी इन्जिन छ । यसको ६४८ सीसी फ्युल इन्जेक्टेड प्यारालल ट्विन इन्जिन छ । यसले ७१ सय आरपीएममा ४७.६ पीएसको पावर र चार हजार आरपीएममा ५२ न्युटन मिटर टर्क जेनेरेट गर्छ । इन्जिनमा ६ स्पीड गीयरबक्स छ ।
यसको डिजाइन हायाबुसाकै जस्तो छ । हायाबुसाजस्तै यसमा फ्रन्ट फेन्डर दिइएको छ । यसमा हालो एलईडी लाइट्सबाट घेरिएको प्रोजेक्टर हेडल्याम्प छन् ।
नयाँ चेसिस, रिडिजाइन्ड सिंगल स्याडल र ड्रप बार ह्यान्डलबार बोर्ड ट्य्राक मोटरसाइकलबाट प्रेरित छ । यसको तौल कम राख्नका लागि हेडल्याम्प काउल र फ्रन्ट फेन्डरको कार्बन फाइबरबाट तयार पारिएको छ ।
बाइकको टप फ्युल ट्यांकमा दुईवटा कटआउट दिइएको छ । देब्रेतर्फ ५.४० क्यारेटको हीरा भएको रिंग छ ।
यसको मूल्य २० करोड रुपैयाँ राखिएको छ ।
एजेन्सी