
काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।
अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्रबन्ध गरेका ड्यान विएरसेमाले समलैंगिकताका विषयमा रुसको अडानका कारण पहिलेको भन्दा कम टिकट बिकेका छन् ।
‘समलैंगिक प्रशंसकहरूका सम्बन्धमा आफ्नो अडानलाई रुसले प्रस्ट पारेका हामी समलैंगिकहरू तथा अमेरिकी प्रशंसकहरूलाई चिन्तित तुल्याएको छ,’ विएरसेमाले बताए । रुसमा समलैंगिकताको प्रचारबाजीलाई अवैध घोषणा गरिएको छ ।
यस्ता चिन्तामाथि प्रतिक्रिया दिँदै रुसी फूटबल संघका एक अधिकारीले अघिल्लो नोभेम्बर भनेका थिए, ‘तपाईं यहाँ आउन सक्नुहुन्छ र समलैंगिक अभिव्यक्ति दिन पनि सक्नुहुन्छ । कानूनले नाबालकलाई प्रचारबाजी गर्न प्रतिबन्ध लगाएको हो ।’
तर अमेरिकी प्रशंसकहरू यो विश्वकपमा जान नचाहनुको प्रमुख कारण अमेरिका छनोट हुन नसक्नु नै हो ।
अंग्रेजी फूटबल प्रशंसकहरू पनि रुसको विश्वकपमा त्यति धेरै देखिने छैनन् । ब्राजिल गएभन्दा ५० प्रतिशत कम प्रशंसक रुस जाने अपेक्षा छ । बेलायत र रुसका प्रशंसकहरू दुवै हुल्याहा छन् अनि अहिले रुस र बेलायतबीच कूटनीतिक सम्बन्ध पनि राम्रो छैन ।
रुसका अधिकारीहरूले समलैंगिकहरूको इन्द्रधनुष झण्डालाई विश्वकपमा फहराउन दिने अनि समलैंगिकहरूलाई तारो नबनाइने बताएका छन् । तर फूटबलमा विभेद र समलैंगिकताविरुद्ध संघर्ष गर्ने एक समूहले समलैंगिकहरूलाई
एकअर्काको हात नसमात्न चेतावनी दिएको छ ।
एजेन्सी