०७ साउन २०८३, बिहीबार

कमजोर आइसल्याण्ड कि अर्जेन्टिना ?

कमजोर आइसल्याण्ड कि अर्जेन्टिना ?

फुटबल जगतका सुपर स्टार लियोनल मेस्सीको नेतृत्वको रहेको अर्जेन्टिनाले रसिया विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेल आज खेल्दैछ । 

नेपाली समय अनुसार पौने सात बजे हुने खेलमा अर्जेन्टिनाले पहिलोपटक विश्वकप खेल्न लागेको आइसल्याण्डसँग खेल्नेछ । 

खेल मस्कोको स्पार्टक स्टेडियममा हुने छ । 

सहभागी भएको हरेक विश्वकपमा अर्जेन्टिनालाई उपाधी दावेदारको रुपमा लिइने गरेको भएपनि म्याराडोनाले उपाधि भित्र्याएपछि अर्जेन्टिनाले विश्वकप उपाधी चुम्न सकेको छैन । 

वर्तमान विश्व फूटबलका सफल र चर्चित खेलाडि लियोनल मेस्सी, डि मारिया, सर्जियो अग्वेरो, हिगुइन लगायतका खेलाडी रहेका छन् । तर टीम भने मेस्सीमा निर्भर छ । 

सन् २०१६ को नोभेम्बरदेखि अर्जेन्टिनाले गरेको प्रतिस्पर्धात्मक गोल मेस्सीले मात्र हानेका छन् । 

मेस्सी हुँदा अर्जेन्टिनाले निकै राम्रो प्रदर्शन गर्छ । उनी नहुँदा टोली नै डुब्छ । 

बार्सिलोनाका स्टार मेस्सी आफ्नो देश अर्जेन्टिलाई ठूलो उपाधि दिलाउन असफल भएको भन्दै आलोचना हुने गरेको छ । 

गत संस्करणको विश्वकप अर्जेन्टिना तेस्रो पटक विश्वकप विजेता बन्ने लक्ष्यका साथ रुस पुगेको छ र सबैको ध्यान मेस्सीमा केन्द्रीत भएको छ ।

विश्वकपको ग्रुप डीको  सबैभन्दा कमजोर टीमको रुपमा आइसल्याण्डलाई लिइएको छ । तर पछिल्ला दुई बर्षमा आइसल्याण्डले शानदार प्रदर्शन गरेको छ । 
यसपछि अर्जेन्टिनाले नाइजेरिया र क्रोएशियासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । 

अर्जेन्टिनाको विश्वकप छनोट सहज थिए । विश्वकपमा भाग नै हुन नसक्ने अवस्थमा मेस्सीले इक्वेडर विरुद्धको खेलमा ह्याट्रिक गर्दै टीमलाई रुसको टिकट कटाएका थिए । 
यसबाट अर्जेन्टिनाको टिम मेस्सीमा कति निर्भर छ भन्ने देख्न सकिन्छ । 

मेस्सी २०१४ को विश्वकप जित्ने आफ्नो सपनाको नजिक पुगेका थिए । तर फाइनलमा अर्जेन्टिनाले जर्मनीसँग १–०ले हार व्यहोरेको थियो । जसको बदला यसपटक लिने अन्तिम मौका मेस्सीलाई छ । तर गोलकिपर सर्जियो रोमेरो र फर्वार्ड म्यानुएल लाञ्जिनी चोटग्रस्त भएका कारण मेस्सीका काँधमा थप जिम्मेवारी थपिएको छ । 

जर्ज साम्पोलीको अर्जेन्टिनालले आइसल्याण्डलाई कमजोर आक्ने अवस्था छैन । आइसल्याण्ड युरो २०१६ को क्वार्टर फाइनलमा पुगेको थियो । विश्वकपमा छानिएको आइसल्याण्डले युरोकपमा पोर्चुगलसँग बराबरी खेलेको थियो भने इग्ल्याण्डलाई हराएर सनसनी मच्चाएको थियो ।

अर्जेन्टिनाले समूह चरण सजिलै पार गरेर निकै माथि पुग्नुपर्ने हो । तर आइसल्यान्ड र क्रोएसियालाई अर्जेन्टिनाले कम आँक्ने भूल गर्न मिल्दैन । अनि नाइजेरियासँग पनि जीतको कुनै ग्यारेन्टी छैन । केही महिनाअघि नाइजेरियासँगको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना ४–२ ले हारेको थियो ।

कमेन्ट गर्नुहोस्