फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
काठमाडौं ३ असार– प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो चीन भ्रमण मंगलवारदेखि शुरु हुँदैछ । प्रधानमन्त्रीको रुपमा ओली पहिलो पटक २०७२ सालमा चीन भ्रमणमा जाँदा केही महत्त्वपूर्ण सहमति भएका थिए । केही समयमै एमाले नेतृत्वको सरकार गिरेका कारण विगतमा भएका सहमति कार्यान्वयन भएनन्, कति छायाँमा परे ।
मंगलवादेखि शुरु हुने ‘शक्तिशाली’ प्रधानमन्त्री ओलीको भ्रमणका एजेण्डाको विषयलाई लिएर टिकाटिप्पणी भइरहेका छन् । यसपटक चीनको नाका केरुङदेखि काठमाडौं जोड्ने रेल्वेलाइन विस्तारको सम्झौता हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणवारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस त्यति धेरै आशावादी देखिएको छैन ।
कांग्रेस नेता डाक्टर नारायण खड्का प्रधानमन्त्री ओलीको चाला ‘हिंड्दै छ, पाइला मेट्दै छ’ भन्ने उखान जस्तै भएको टिप्पणी गर्छन् । लोकान्तरसँगको कुराकानीमा पूर्वमन्त्री खड्काले पुराना सम्झौता कार्यान्वयनमा फिटिक्कै ध्यान नदिने तर ‘यो पनि गर्छु उ पनि गर्छु’ भन्दै ओलीले हावादारी आश्वासन बाढीरहेको आरोप लगाए ।
एक सार्वभौमसत्ता सम्पन्न देश नेपालले छिमेकीहरूसँग सधैँ मागिरहने र केही पनि दिन नसक्ने प्रथाको अन्त्य हुनुपर्ने खड्काको विश्लेषण छ । भारत र चीन भ्रमणमा ‘सपिङ लिस्ट’ लिएर जान नहुने मत खड्काको छ । उनी भन्छन्, ‘चीनसँग व्यापार गर्नको लागि आइपर्ने भौगोलिक कठिनाइको बारेमा पनि जनता सुसूचित हुनु आवश्यक छ । दुई वर्ष अगाडि पेट्रोलियम पदार्थको आयात गर्ने भन्ने कुराले चर्चा पाएको थियो तर अहिले आएर त्यो सम्भव छैन भन्ने देखियो । त्यतिबेला जनतालाई हावादारी कुरा गरेर भुलाइयो ।’
यस्ता हावादारी कुराहरूले नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई बेइज्जत गरिरहेको उनको जिकीर छ । ‘यस सन्दर्भमा शक्तिशाली र स्थीर भनिएको सरकारको ध्यान जानु जरुरी छ’ उनी भन्छन् ।
‘फ्री तिब्बत मुभमेन्ट’को लागि युरोपियन देशहरूले दिएको युरो लिएर ‘एक चीन नीति’ भन्दै हिंड्ने दोहोरो मापदण्ड ओली सरकारले बनाएको खड्काले आरोप लगाए ।
खड्का भन्छन्, ‘चीनसँग ठूला ठूला सम्झौता गर्नुभन्दा पनि नेपालको व्यापार घाटा कम गर्ने स–साना सम्झौता र तिनीहरूको कार्यान्वयनमा जोड दिनु अहिलेको आवश्यकता हो ।’
नेपालको स्वतन्त्र छिमेक नीतिलाई नेपाली नेताहरूले बारम्बार धज्जी उडाउने गरेको उनको विश्लेषण छ । ‘नेपालमा भारतको विकल्प हो भनेर चीनलाई प्रस्तुत गर्ने गरिएको छ तर यथार्थ त्यस्तो छैन । भू–बनोटको कारणले चीनसँग भारतकै हाराहारीमा व्यापार र अन्य सम्बन्ध बढाउन सकिँदैन’ उनी भन्छन् ।
नेपालमा चिनियाँ लगानी भित्राउने विषयमा राजनीतिक दलहरूमा अन्तरविरोध देखिएको उनको टिप्पणी छ । ‘राजनीतिक स्वार्थ र कमिसनको लोभमा नेपालमा चिनियाँ कम्पनी आउनुहुन्न भन्ने धेरैको नियत देखिन्छ । तर चीनले अफ्रिकन र अन्य देशहरूमा कुन मोडेलमा लगानी गरिरहेको छ, नेपालले पनि त्यस्तै मोडेलमा लगानी भित्र्याउने वातावरण निर्माणको आवश्यकता छ’ उनी भन्छन् ।
नेपालको आर्थिक नीति दुई ठूला छिमेकी बजारमा प्रवेश गर्ने र व्यापार घाटा कम गर्दै निश्चित समयपछि घाटालाई शून्य बनाउने दिशातर्फ अग्रसर हुनुपर्ने डा खड्काको सुझाव छ । ‘तर त्यस्तो हुन सकेको छैन । स्थायी र स्थीर भनिएको सरकार त्यो मार्गमा हिंड्न सक्छ की सक्दैन, हेर्न बाँकी छ’ सांस्द खड्काले थपे ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...