२६ असार २०८३, शुक्रबार
सन्दर्भ योग दिवस

योगले बदल्यो जीवन : मधुमेहका रोगी बने गुरु

असार ७, २०७५
योगले बदल्यो जीवन : मधुमेहका रोगी बने गुरु

काठमाडौं, ७ असार– बनेपाका ग्रुवेन तौजलेलाई १६ वर्ष अगाडि मधुमेहले थला पार्‍यो । जतिबेला उनी ३० वर्षका मात्रै थिए ।

साना बालबच्चा र आफ्नो जहानलाई खुसीसँग राख्नुपर्ने उनको जिम्मेवारी थियो । केही गर्ने आँट, जाँगर  र काम गरेर केही पैसा कमाउ भन्ने उमेरमा रोगले सताउन थालेपछि ग्रुवेन समस्यामा परे । 

‘त्यतिबेला मैले चिटिङ अस्पतालमा परीक्षण गराएको थिए मेरो सुगरको लेवल बढेर पाँच सय पुगेको थियो,’ ग्रुवेनले लोकान्तरसँग भने, ‘चिनीरोग लागेपछि कति नै वर्ष बाँचुला र भन्ने चिन्ता लाग्न थाल्यो, मैले सुनेको र देखेको पनि थिए, चिनीको मात्रा बढी भएर मेरो पनि मुटु, किड्नी खराब होला भन्ने चिन्ताले सताएको थियो ।’

मधुमेहका कारण उनको शरीरको तौल १ सय १० केजीसम्म पुगिसेकेको थियो । ग्रुवेनलाई रोगले भन्दा पनि आफ्नो परिवारको भविष्य कस्तो होला भनेर चिन्तित बन्दै गए ।

मधुमेहले शरीरको तौल बढ्दै गएपछि सुइबाट खाना खाने समेत गर्थें । ग्रुवेन आफ्नो रोगका कारण डिप्रेशनको सिकार भइसकेका थिए । मधुमेहका कारण तौल बढ्दै गएपछि उनी घरबाहिर समेत ननिस्कने, दिनभरी घरमै बस्ने गर्थें । आफूलाई केही भए साना छोराछोरी श्रीमती, आमाको विचल्ली हुने पीर उनलाई थियो । 

ग्रुवेन एकदिन टेलिभिजन हेर्दै बसिरहेका थिए । ‘हेनुस् यो,यसरी योग गर्नाले तपाईको मधुमेह समाप्त हुन्छ’ भन्दै टेलिभिजनमा योग सिकाइरहेको दृष्य देखे । योग गर्नाले मधुमेह निको हुन्छ भन्दै योगाभ्यास टेलिभिजमा देखाएपछि उनले त्यसमा चासो दिए । 

योगले मधुमेह निको हुन्छ भन्ने सुनेपछि बिहानै उठेर मर्डिङ वाक गर्न निस्कने योग अभ्यास गर्ने गर्न थालेलेको ग्रुवेनले सुनाए । उनले विगत सम्झदै भने, ‘टेलिभिजनामा योगले मधुमेह निको हुन्छ भन्ने सुनेपछि मलाई योग गरेर मेरो शरीरको मधुमेह निकाल्छु भन्ने आत्म विश्वास आयो,मैले टिभीमा हेरेर योग सिके, बिहानै उठेर  जंगलतीर जान्थें, पसिना निकाल्ने गरी योग गर्थें ।’

ग्रुवेनले योग अभ्यास गर्न थालेपछि उनको शरीरको तौल पनि कम हुदै गयो । योगाअभ्यास गरेरै एक महिनामा २० केजी तौल घटाउन सफल भएको उनी सम्झन्छन् ।

उनकी आमाले राति जंगलमा योग गर्न जानुभन्दा योगा सिकाउने ठाउँमा जान सल्लाह दिइन् । 

घर नजिकै योगा सेन्टरमा योग गुरुले सात आठ जनालाई योगा सिकाउँदै थिए । त्यपछि उनले घर नजिकै रहेका योग गुरुसँग सिक्दै योगा अभ्यास गर्न थाले । योगाअभ्यास गर्न थालेपछि मधुमेह घट्यो  । मधुमेहका कारण जीवनबाट विरक्तिएका ग्रुवेनले औषधि खान छोडे । 

योगाले आफ्नो रोग निको भएपछि ग्रुवेनलाई योगा गर्नु र योग सिकाउनु राम्रो काम हो भन्ने लाग्यो । त्यसपछि उनले आफूपनि अरुलाई योगा सिकाउने प्रण गरे ।

‘म मात्रै स्वास्थ्य भएर हुँदैन, मैले अरुलाई पनि स्वास्थ्य रहन मद्दत गर्नुपर्छ भनेर योग सिकाउछु भनेर अरुलाई पनि सिकाउन थाले ।’ उनले आफू योग प्रशिक्षक भएको दिन सम्झिए ।

ग्रुवेनले १५ वर्षको अवधिमा लाखौंलाई योगा सिकाइसकेको बताए । उनी अहिले पतंजलि योगपीठ नेपालको प्रदेश नम्बर तीनको अध्यक्ष समेत भइसकेका छन् । ‘अहिले मेरो शरीरमा कुनै रोग छैन, आनन्द छ, उनले प्रफुल्लित हुदै भने,‘म अहिले लालमोहन, रसवरी लगाएत गुलियो खानेकुरा पनि ढुक्कसँग खान्छु, योगा गर्न थालेपछि मैले मधुमेहको औषधि खानुपरेको छैन, पहिलाको भन्दा युवा देखिन्छु ।’  


योग गुरु ग्रुवेन बनेपामा कपडाको व्यापार पनि गर्छन् । व्यापारी भन्दा पनि उनी योग गुरुका रुपमा बढी परिचित छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्