०८ साउन २०८३, शुक्रबार

यस्तो रणनीति अपनाएर फ्रान्सले जित्यो विश्वकप

यस्तो रणनीति अपनाएर फ्रान्सले जित्यो विश्वकप

काठमाडौं – क्रोएसियालाई ४–२ ले हराएर फ्रान्स दोस्रोपटक विश्व च्याम्पियन बनेको छ । प्रतियोगिताभर फ्रान्सको रणनीति पहिलो गोल गरेर विपक्षीमाथि दबाब बनाउने र गति कायम राख्ने नै थियो । 

टीमका मुख्य स्ट्राइकर किलिएन एम्बाप्पे तथा एन्टोइन ग्रीजम्यानले आक्रमणलाई गति दिए । यिनीहरूको जोडीले प्रतियोगिताभरि कुल आठ गोल गरे । मेस्सी, रोनाल्डो र नेयमारको संयुक्त भन्दा यो एक गोल बढी हो ।

प्रतियोगितामा एम्बाप्पे ३७ किलोमिटर प्रतिघन्टासम्मको गतिमा दौडिए । उनले ३४ किलोमिटर प्रतिघन्टामा कुद्ने क्रिस्टियानो रोनाल्डोलाई पनि पछारे । 

फ्रान्सले यस विश्वकपमा सबै ६ खेल ९० मिनेटभित्रै जित्यो । एउटा खेलमा चाहिँ उसले गोलरहित बराबरी खेल्यो । 

प्रशिक्षक डिशँप्सले तीन स्टार खेलाडी करीम, मार्सियल र पायेटलाई टोलीमा राखेनन् । उनीहरूका ठाउँमा कान्टे, एम्बाप्पे, पवार्ड र हर्नान्डेज जस्ता खेलाडीलाई मौका दिए ।

अग्रता लिँदै, प्रतिरक्षा गर्दै
अस्ट्रेलियाविरुद्धको पहिलो समूह चरणको खेलमा ग्रीजम्यानले पहिलो गोल गरे । फ्रान्सले यो खेल २–१ ले जित्यो । त्यसपछि पेरुविरुद्धको खेलमा एम्बाप्पेले एक गोल गरेर जीत दिलाए । डेनमार्कविरुद्धको खेल गोलरहित बराबरीमा टुंगियो । 

नकआउट चरणमा प्रिक्वार्टरफाइनलमा फ्रान्सको प्रतिस्पर्धा अर्जेन्टिनाविरुद्ध थियो । फ्रान्सले पहिलो गोल १३ मिनेटमै हान्यो । अनि खेल ४–३ ले जित्यो । क्वार्टरफाइनलमा त उसको क्लीन शीट रह्यो अर्थात् उसविरुद्ध विपक्षी उरुग्वे र
बेल्जियमले गोलै गर्न सकेनन् । फाइनलमा पनि फ्रान्सले नै पहिलो गोलको अवसर पायो र प्रतिस्पर्धा जित्यो । 

फ्रान्सका खेलाडीको तीव्र गतिले गर्दा नै उसका कुनै पनि खेल एक्स्ट्रा टाइममा पुगेनन् । पहिलो गोल हान्ने अनि दबाब बढाउनका लागि गतिको उपयोग गर्दै लगातार आक्रमणको तानाबाना बुन्ने रणनीति अपनाएकाले पनि फ्रान्सले सफलता
प्राप्त गरेको हो । 

प्रतियोगितामा कुल चार गोल गरेका किलियन एम्बाप्पेले योङ प्लेयर अवार्ड पाए । उनको कुदाइ र तीव्रताले विपक्षी डिफेन्डरहरूको सातो उडायो । 

सेमिफाइनलमा एम्बाप्पे ३७ किमि प्रतिघन्टाको गतिमा दौडेपछि उनलाई साथीहरूले मिस्टर ३७ भन्न थाले । 

फ्रान्सका प्रशिक्षक डिडिएर डिशँप्सले विश्वकपका लागि खेलाडी छान्दा युरो २०१६ को फाइनल खेलेकामध्ये १४ खेलाडी बाहिरै परे । यससम्बन्धमा प्रश्न उठ्दा डिशँप्सले उनको यो निर्णयले फ्रान्सेली फूटबलमा क्रान्ति ल्याउने बताए । 

डिशँप्सले युवा र तेज गतिका खेलाडीहरूको टीम तयार पारेर आफ्नो रणनीतिको सही कार्यान्वयन गरे । उनको रणनीतिलाई युवा टोलीले भरपूर सहयोग पनि ग–यो । 

डिशँप्सले फाइनलअघि विश्वकपभरि दुईवटा पारम्परिक फर्मेसन मात्र राखे । उनले ४–३–३ र ४–४–२ को फर्मेसनमा खेल खेलाएकोमा फाइनलमा भने नयाँ प्रयोग गरेर ४–२–३–१ को फर्मेसन राखे । अर्थात्, चार डिफेन्डर, दुई डिफेन्सिभ

मिडफील्डर, तीन अट्याकिङ मिडफील्डर र एक स्ट्राइकर । फाइनलमा टीमले चार गोल हानेपछि डिशँप्सको यो फर्मेसन सही साबित भयो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्