२७ असार २०८३, शनिबार

क्रोएसियाका कप्तान मोड्रिचले भने, हारेपनि उत्सव त मनाउने हो

क्रोएसियाका कप्तान मोड्रिचले भने, हारेपनि उत्सव त मनाउने हो

काठमाडौं – क्रोएसियाका कप्तान लुका मोड्रिचले विश्वकप फाइनलमा फ्रान्ससँग हारेपछि विश्वकपको सर्वोत्कृष्ट खेलाडीका लागि गोल्डेन बल पुरस्कार दिइनु उनका लागि तीतोमीठो क्षण भएको प्रतिक्रिया दिएका छन् । 

रियल मड्रिड क्लबका मिडफील्डर मोड्रिचले भने, ‘यो सम्मान पाएर म खुशी छु र मलाई छान्नेहरूलाई धन्यवाद दिन्छु । तर म योभन्दा पनि विश्वकप जितेको राम्रो ठान्थें ।’

उनले भने, ‘अब विश्वकप त जित्न सकिएन । तैपनि अबका केही दिन हामी उत्सव मनाउँछौं किनकि यहाँसम्म आइपुग्नु पनि क्रोएसियाका लागि ठूलो कुरा हो । तर अहिले म तीतो र मीठो दुवै अनुभव गरिरहेको छु ।’

मोड्रिचले भने, ‘हामीले जति ग–यौं त्यसमा हामीलाई गर्व छ तर फाइनलमा हार्नुपर्दा अलिक दुःख छ ।’

फाइनलअघि क्रोएसियाले तीनैवटा नकआउट म्याच अतिरिक्त समयसम्म तन्काएको थियो । फाइनलको शुरूआतमा क्रोएसियाले फ्रान्समाथि दबाब बनाएको पनि हो तर टीम दुर्भाग्यशाली रह्यो र पहिलो हाफसम्ममा १–२ ले पछि प–यो । 

विश्वकपमा पछिल्ला ६८ वर्षमा फाइनलमा पुग्ने क्रोएसिया सबभन्दा सानो देश हो । त्यहाँको जनसंख्या ४० लाखभन्दा अलिकति मात्र बढी छ । 

मोड्रिचले भने, ‘हामी विश्वकपको हकदार थियौं तर अब जे हुनु भइसक्यो, त्यसलाई परिवर्तन गर्न सकिन्न । हामीले कहिल्यै हार मानेनौं र अन्तिमसम्म चुनौती तेर्स्याइरह्यौं ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्