२३ असार २०८३, मंगलबार

रोल्स रोयसले बनायो उड्ने ट्याक्सी, पाँचजना चढ्न मिल्छ

रोल्स रोयसले बनायो उड्ने ट्याक्सी, पाँचजना चढ्न मिल्छ

काठमाडौं – कार कम्पनी रोल्स रोयसले ४०० किलोमिटर प्रतिघन्टाको गतिमा उड्ने ट्याक्सी बनाएको छ । सन् २०२० भन्दा अघि यसलाई बजारमा ल्याउने उसले उद्देश्य राखेको छ ।

फ्लाइङ ट्याक्सीमा एकचोटिमा पाँच यात्री चढ्न सक्छन् । ट्याक्सीलाई एकचोटि चार्ज गरेर ८०० किलोमिटरको दूरी  तय गर्न सकिन्छ ।

कम्पनीका अनुसार, यही हप्ता ह्याम्पशायरमा हुने एक एयर शोमा यसको नमूना प्रदर्शन गरिनेछ । यो एयर शोमा विश्वप्रसिद्ध कम्पनीहरू पनि आफ्नो कला देखाउनेछन् । रोल्स रोयसले पहिले पनि हवाईजहाज, हेलिकप्टर र पानीजहाजको इन्जिन बनाइसकेको छ । 

रोल्स रोयसले यो ट्याक्सीमा एम२५० ग्यास टर्बाइन प्रविधि प्रयोग गरेर ५०० किलोवाट ऊर्जा उत्पन्न गर्नेछ । यसमा कम आवाज निकाल्ने इन्जिन प्रयोग गरिनेछ । 

हाईब्रिड डिजाइन हुनाले यसलाई बारम्बार चार्ज गरिरहनुपर्दैन । यसमा भएका पंखा ९० डिग्रीसम्म घुम्न सक्छन् जसले गर्दा यसले सीधै टेकअफ र अवतरण गर्न सक्छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्