×

NMB BANK
NIC ASIA

विराटनगरका ७६ वर्षीय गजेन्द्र भट्टराई ७५ गाईका गोठाला

साउन १२, २०७५

NTC
Premier Steels

विराटनगर– विराटनगर–५ का ७६ वर्षीय जगेन्द्र भट्टराई बिहान सबेरैदेखि राती अबेरसम्म आफ्नै गाई गोठमा ब्यस्त हुन्छन् । उनका गोठ गाईले भरिएका छन् । वरिपरिका बारीमा घाँस काट्ने बेला भएको छ । 

Muktinath Bank

उमेरले पाको भएपनि कामले निक्कै कर्मवीर छन् उनी ।  उनी भन्छन्, ‘कर्मवीरलाई उमेरले छेक्दैन ।’ विराटनगर ५ मा गाईपालन र घाँस खेती गरिरहेका भट्टराई  पूर्वकर्मचारी पनि हुन्  । उनलाई जागिरबाट अवकाश हुने बितिकै केही गरौं भन्ने लागेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जब उनको पेन्सन रानीजाना दिँदा पनि तलवको बरावर आउने रहेछ भन्ने थाहा भयो अनी उनी समाज र कृषि कर्ममा केही गरौँ भन्ने सोचमा पुगे । अवकाशपछि उनी २–४ महिना धर्मकर्म र घर व्यवहार मिलाउने काममा लागेको उनले सुनाए । 


Advertisment
Nabil box
Kumari

Vianet communication

उनी अहिले ७६ वर्षको उमेरमा ७५ वटा गाईका गोठाला हुन्  । उनको गोठभरी गाई, बाच्छा र बाच्छी छन् । ३० वटा माउ र ३५ वटा कोरली बाच्छीसहित अन्य बाच्छा–बाच्छी छन् । विराटनगरको एयरपोर्ट मोडबाट शुरु गरेको गाई पालन अहिले उनले केही पर जामुनगाछी नजिकै सारेका छन् । 

आफ्नो बुद्धी र विवेकले भ्याएसम्म   काम गर्दै आएको उनले बताए । गाई पालनबाट धर्म हुने र शुद्ध दुध आफ्नै घरको खान पाईने भएपछि आफैँ गोठमा खटिएर काम गर्न उनी बताउँछन् । भट्टराईले केही कामदार पनि राखेका छन् । उनी भन्छन्, ‘सक्रिय जीवन बिताउँदा स्वस्थ्य भईन्छ भन्ने लागेको छ ।’ 


४० बर्षे जागिरमा सीडीओेसम्म
उनले ४० बर्ष जागिर खाए । उनले आफ्नो जागिरे जीवनमा स्थानीय विकास अधिकारी, मालपोत कार्यालयको प्रमुख, बिभिन्न आयोगको कर्मचारी तथा प्रमुख जिल्ला अधिकारीसम्म भएर सरकारी निकायमा जागिर खाएका थिए । 

जब जागिरको अवकाश भयो अनी उनले कृषि कर्ममा आफुलाई स्थापित गराउन खोजे । अहिलेकै अवस्थामा काम गरेर अघि बढ्ने हो भने ९५ बर्षसम्म  काम गर्न सक्ने उनले सुनाए ।  क्यान्सर समेत भएर उपचार पछि फर्किएका उनमा एउटा आशा सँगै जाँगर पनि उसै गरी देखिएको छ । 

उनले पछिल्लो समयमा गोबर ग्याँसबाट बिजुली निकाल्ने सोच बनाएका छन् । उनी गाईपालनमा लागेको ४ बर्ष पुगेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x