२४ असार २०८३, बुधबार

भगवान् शिवको हरेक क्रियाकलपमा छ गहिरो जीवन व्यवस्थापन सूत्र

भगवान् शिवको हरेक क्रियाकलपमा छ गहिरो जीवन व्यवस्थापन सूत्र

काठमाडौं – भगवान् शिव रहस्यमय हुनुहुन्छ । उहाँको भेषभूषा, मसानमा बस्ने बानी, गलामा नाग भिर्ने अनि भाँग धतुरो खाने बानी सबै विचित्र छन् । वास्तवमा भगवान् शिवको सबै क्रियाकलापमा जीवन व्यवस्थापनका सूत्रहरू पाइन्छन् ।

श्मशानवास
भगवान् शिवलाई त्यसो त परिवारको देवता भनिन्छ तैपनि उहाँ श्मशानमा बस्नुहुन्छ । सांसारिक भएपनि श्मशानमा निवास गर्नुमा शिवजीको गूढ जीवनसूत्र छ । संसार मोहमायाको प्रतीक हो भने श्मशान वैराग्यको । 

भगवान् शिव संसारका बसेर कर्तव्य पूरा गर्नुपर्ने तर मोहमायाबाट टाढै बस्नुपर्ने बताउनुहुन्छ । संसार त नश्वर कुरा हो । एक न एक दिन सबै कुरा नष्ट हुन्छ । त्यसैले संसारमा बसेर कसैसँग मोह नराख र वैरागीको जस्तो आचरण गर भन्ने भगवान् शिवको सन्देश हो । 

शिवगण
शिवजीलाई संहारका देवता मानिएको छ । मनुष्यले मर्यादा भत्काउन थाल्यो भने शिवजीले उसको संहार गर्नुहुन्छ । आफ्नो पापकर्मको फल भोग्न टारिरहेको व्यक्ति नै प्रेतयोनिमा पुग्छ । शिवजीले नै उसलाई दण्ड दिनुहुन्छ । त्यसैले शिवजीलाई भूतप्रेतको देवता पनि मानिन्छ ।

भूतप्रेत सूक्ष्म शरीरको प्रतीक हो । शिवजीको सन्देश यही हो – सबैले घृणा गर्ने वा भय गर्ने भूतप्रेत जस्ता सबै किसिमका जीव शिवसमीप पुग्न सक्छन् । शर्त यति मात्र हो – उनीहरूले आफ्नो सर्वस्व शिवजीलाई समर्पित गर्नुपर्ने हुन्छ । 

नागको माला
गलामा नागको माला लगाउने देवता शिवजी मात्र हुनुहुन्छ । हेर्दा त नाग अत्यन्तै खतरनाक प्राणी हो तर उसले कसैलाई विना कारण डस्दैन । नाग पारिस्थितिक तन्त्रको महत्त्वपूर्ण जीव हो । वातावरणको विषाक्त वायुलाई नागले नै पचाउँछ । 

जीवन व्यवस्थापनको दृष्टिकोणबाट हेर्दा भगवान् शिवले नागलाई गलामा धारण गरेर के सन्देश दिनुभएको हो भने जीवनचक्रमा हरेक प्राणीको आफ्नै विशेष योगदान छ । त्यसैले विना कारण कुनै पनि प्राणीको हत्या गर्नुहुँदैन ।


 

salt training

कमेन्ट गर्नुहोस्