१० साउन २०८३, आइतबार

बकर इदको अवसरमा ५ नम्बर प्रदेशमा सार्वजनिक बिदा

भदौ ५, २०७५
बकर इदको अवसरमा ५ नम्बर प्रदेशमा सार्वजनिक बिदा

बुटवल – ५ नम्बर प्रदेश सरकारले बुधवार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बुधबार परेको इस्लाम समुदायको दोस्रो ठूलो पर्व इल उल अजहा (बकर इद) पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको मुख्यमन्त्रीमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।  

१ र २ नम्बर प्रदेशले पनि बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिसकेका छन् । ५ नम्बर प्रदेशका रुपन्देही, कपिलवस्तु, नवलपरासीका मुस्लिम समुदायको बसोवास छ ।

संघीय सरकारले सार्वजनिक विदा कटौती गरेपनि प्रदेश सरकारले भने प्रदेशमा बसोबार गर्ने समुदायको भावनालाई ध्यान दिएको भन्दै बिदा दिन शुरू गरेका छन् । तर, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले आफूहरूलाई बिदाबारे कुनै जानकारी नभएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्